धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ। मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रयोजनका लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो।
सोडारीले विश्वासको मत लिने भनेर बोलाईएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ।
संसद सचिवालयले सूचना टाँस गर्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको जनाएको हो।
एमालेले सरसल्लाह नगरेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताउदै आएको थियो। काँग्रेसले पनि उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै संसद अवरुद्ध पार्ने चेतावनी दिदै आएको थियो भने नाउपाले मत नदिने उर्दी नै जारी गरेको थियो।
Facebook Comments Box