Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं: नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो।​​

Read More

डडेल्धुरा: डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भीमबहादुर कठायत बिहीबार पक्राउ परेका हुन्। उनले किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले कठायतलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीमा खोलाले बगाएर एक युवती बेपत्ता भएकी छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बम शनिबार माईतीघरबाट फर्किने क्रममा सुपली खोला तर्ने क्रममा बगेको प्रहरीले जनाएको छ। उनलाई उक्त खोलाले बगाएर ठूलीगाडमा बेपत्ता पारेको छ। इलाका प्रहरी कार्यालय पण्डौनबाट प्रहरी टोली खटिएर खोजतलास भईरहेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने बिनोद रानाका साढे ४ वर्षीया छोरी अनाया रानाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आफ्नै घर आगनमा खेल्ने क्रममा नजिकै रहेको पानीको खाल्टोमा डुबेर बेहोस् भएकी थिइन्। तत्काल आफन्तले उपचारको लागि सेती प्रादेशिक अस्पताल…

Read More

धनगढीः श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपाली ब्याट्र सम्झना खड्काले अर्धशतक बनाएकी छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको पहिलो अर्धशतक हो। यूएईले दिएको एक सय १६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीकी ओपनर ब्याट्र सम्झनाले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन्। यस क्रममा उनले आठवटा चौका पनि प्रहार गरिन्। २४ वर्षीया सम्झनाका लागि यो १७औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो। अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि उनको उच्च स्कोर अविजित ३६ रन थियो। महिला एसिया कप क्रिकेटमा नेपाललाई यसअघि ५० रनको स्कोरमाथि पुग्नु नै धौधौ पर्दै आएको थियो। यसअघिका दुई संस्करणका ८ खेलमा पराजय भोग्दा ६ पटक ५०…

Read More

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योगदान रहेको बताएका छन्। सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताए। गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए। सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको गृहमन्त्री लेखकको भनाइ छ। २३ वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको…

Read More

धनगढी : सेनाका एक जना लेफ्टिनेन्ट कर्णेल सुदिप अर्याल अनिवार्य तालिममा सहभागी नभए पनि बिचौलियाको काम गर्दागर्दै बढुवा भएका छन् । मेजरबाट कर्णेल बन्न सिएससी तालिम अनिवार्य छ । ‘गणपति बन्न ‘इन्ट्रान्स एक्जाम’ लिइन्छ,तर त्यो नलिई माथि उकालिने यिनी दुर्लभ प्राणी हुन्,’जंगी अड्डा स्रोतले भन्यो । अर्याल चार पछिला र तीन पुराना प्रधानसेनापतिको कार्यकालदेखि रक्षा मन्त्रालयमा समन्वयकारीको जिम्मा लिएर कुदिरहेका छन् । हालै नियुक्त एकजना वरिष्ठ मन्त्रीलाई उनी असार तेस्रो सातासम्म भैंसेपाटी क्षेत्रमा मर्निंग वाक गर्दै भेगीय नाताले ‘मामा’ सम्बोधन गर्थे । उनी स्याङ्जाको जैसीडाँडाका अर्याल हुन् । नयाँ मन्त्रिमण्डलमा भएको रक्षामन्त्री परिवर्तनलाई समेत उनकै प्रभावसँग जोडेर विश्लेषण गरिएको छ…

Read More

काठमाडौं : नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताए । हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कुल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर लम्बाइ छ…

Read More

काठमाडौँ : नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले अर्को आदेश नआउँदासम्मका लागि ५ एसपीलाई तोकिएको दरबन्दीमा गएर काम गर्न/गराउन निर्देशन दिएको छ। काज सरुवा सूचीअनुसार जिप्रका तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका वीरेन्द्रबहादुर शाही तनहुँ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार खटाइएका हुन्। यस्तै, उदयपुरका एसपी अन्वेषण, योजना तथा विकास निर्देशनालय नक्साल र बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका हरिहरनाथ योगीलाई उदयपुर खटाइएको छ।

Read More

धनगढी : टीकापुरमा एक करोड ८९ लाख लागतमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो। नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन्। आर्थिक वर्ष २०७८/७९ मा उक्त मन्त्रालयले प्रहरीको आवास भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो। दुई तले भवनको थप तलाका लागि प्रदेशले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ। निर्माण सम्पन्न भएको भवनमा कार्यालयमा कार्यरत प्रहरीका लागि अपर्याप्त छ। हाल इलाका प्रहरी कार्यालयमा एक सय जना प्रहरी कार्यरत छन्। प्रहरी आवास भवन निर्माण भए पनि बन्दी राख्ने हिरासत साँघुरो छ। महिला…

Read More

धनगढी : आन्तरिक राजश्व कार्यालय धनगढीको राजश्व संकलन दरमा सुधार आएको छ । राजश्व कार्यालयले हालै सम्पन्न भएको आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ८६ दशमलव ८३ प्रतिशत राजश्व संकलन गरेको पाइएको छ । कार्यालयका प्रमुख मोहन बस्नेतले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ८ करोड राजश्ज संकलन गर्ने लक्ष्य राखिएकोमा दुई अर्ब ६७ करोड अथात् ८६.८३ प्रतिशत संकलन भएको जानकारी दिए । उनकाअनुसार यो राजश्व संकलनको अवस्था अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३.८ प्रतिशतले बढि हो । बस्नेतले अघिल्लो वर्ष दुई अर्ब ५७ करोड मात्र राजश्व संकलन भएको बताए । आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा भने आयकरतर्फ…

Read More