Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ गरिएको छ। बिहीबार नेपालगन्जको सीमा नजिक पर्ने हारा बसेहरी नहर नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरिएको हो। मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो।सुरुमा उनीहरूले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ। प्रहरीले मिश्रको हत्यामा प्रयोग गरिएका हतियार बरामद गरिएको पनि बताएको छ। यूपी स्पेसल टास्क फोर्स (एसटीएफ) प्रमुख अमिताभ यशका अनुसार, यस घटनामा हालसम्म पाँच जना पक्राउ परिसकेका छन्। के हो घटना ? अक्टोबर १३ मा दुर्गा पूजा विसर्जनका क्रममा बहराइचको महाराजगञ्जमा पूजास्थल बाहिर अर्को समुदायले चर्को स्वरमा गीत बजाएपछि हिंसा भड्किएको…

Read More

काठमाडौँ: प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्नाका लागि आवेदन दिएकाहरूले ७ दिनभित्र कागजातहरू अद्यावधिक गर्नुपर्ने भएको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै आवश्यक कागजात ७ दिनभित्र अद्यावधिक गर्न भनेको छ।  प्रहरीको जनपद समूहतर्फ खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने इन्स्पेक्टर र असईको पदमा अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ओआरएमएस) को माध्यमबाट दरखास्त दिएकाहरू मध्ये केहीको आवश्यक कागजातहरू समेत नसमेटिएको पाइएकाले यस्तो सूचना जारी गरिएको हो। दरखास्तका लागि चाहिने आवश्यक कागजात नसमेटिएकाहरूको दरखास्तसमेत स्वीकृत हुन बाँकी रहेकाले ७ कात्तिकभित्र ओआरएमएस प्रणालीमा त्यस्ता कागजातहरू समावेश गर्न भनिएको छ। आवश्यक कागजात नपुगेका र अबको ७ दिनभित्र…

Read More

धनगढी: बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत  प्रेमकला मल्लको ५२ वर्षको उमेरमा निधन भएको छ। ३० वर्षदेखि दुर्गम गाउँका नागरिकको स्वास्थ्य सेवामा दिदै आएकी मल्लको बुधबार निधन भएको हो।  मल्लको हृदयघातका कारण निधन भएको बताइएको छ। उनी बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी थिइन्। त्यसपछि हिमाली गाउँपालिकाको समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुगाउनै लाग्दा उनको मृत्यु भएको थियो। नर्सिङ अधिकृत मल्लले हाल केही समय देखि हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी समाल्दै आएकी थिइन्।

Read More

धनगढी: कैलालीमा सशस्त्र प्रहरी बल नेपालले लाखौंको अवैध सामानसहित राँगालाई नियन्त्रणमा लिएको छ। बिहीबार सशस्त्र प्रहरी नं. ३४ गण कैलालीद्धारा १४ लाख मुल्यको अवैध सामान लोड गरिएको राँगासहित ४ ओटा गाडा बरामद गरिएको हो। गणका प्रमुख एसपी दलबहादुर पाण्डेका अनुसार धनगढी उप-महानगरपालिका वडा नं. १० बनकट्टीघाटबाट रातिको समयमा भारततर्फ लैजान लागिएका उक्त सामान बरामद गरिएको हो। सशस्त्रले बनकट्टीघाटस्थित सीमा ईलाकामा नेपालबाट अवैध रुपमा भन्सार छली गरेर भारततर्फ लैजादै गरेका ती सामान बेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ। त्यसपछि ती कवाडी टायर ट्यूवसहितका गाडा सशस्त्र प्रहरी बल, नेपाल बिओपि जुगेडाबाट सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बरामद गरेको थियो। …

Read More

धनगढीः कैलालीमा ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित दुर्गा मन्दिरमा लागेको मेलामा दुई समूहबिच झडप हुँदा बिहीबार राति पाँच जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले झडपका क्रममा दुबै समूहका गरेर पाँच जना घाइते भएको बताए। उनका अनुसार गौरीगंगाकै २५ वर्षीय विक्रम बम, २३ वर्षीय सुरेश बम, २३ वर्षीय कृष्ण बोहरा, २० वर्षीय दिनेश बसाल र २२ वर्षीय प्रशान्त कलेल घाइते भएका हुन्। प्रवक्ता बोहराले ग्याङ फाइट गर्ने एउटा समूहको नेतृत्व गर्ने गौरीगंगा–५ का २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको बताए। थापाको समूहमा खेम बम, लक्ष्मण बिष्ट र…

Read More

काठमाडौं: नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष बाबुराम श्रेष्ठले अवकाश पाएका छन्। उनले आजबाट अवकाशप्राप्त गरेका हुन्। उनको अवकाशपछि उनको जिम्मेवारी आजदेखि सोही कलेजका सहशिक्षाध्यक्ष तथा सहायक रथी मनोज थापालाई दिइएको छ।  उपरथी श्रेष्ठले पहिलो पदावधिको हदका कारण अवकाश पाएका हुन्। निमित्त शिक्षाध्यक्ष थापालाई श्रेष्ठको जिम्मेवारी बुझबुझारथसमेत गरिएको छ।

Read More

काठमाडौं: एक अमेरिकी उपसहायक मन्त्री नेपाल भ्रमणमा आएकी छन्। मध्य तथा दक्षिण एसिया मामिला उपसहायक मन्त्री एलिजावेथ क्याथरिन होर्स्ट काठमाडौं आएकी हुन्।  कतार एअरवेजको उडानमा दोहा हुँदै हिजो अपरान्ह पौने ५ बजे आइपुगेकी उनी प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी पनि हुन्। कतार एअरवेजकै उडानमा दोहा हुँदै सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको नौ सदस्यीय टोली अमेरिकाको बोस्टन गएको छ। शनिबारदेखि मंगलबारसम्म बोस्टनमा हुन लागेको प्रहरी प्रमुखहरुको अन्तर्राष्ट्रिय संगठनको सम्मेलनमा भाग लिन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक सम्वृद्धि बस्नेत, सशस्त्र प्रहरी नायव उपरीक्षक सत्यदेवी बस्नेत रहेको नौ सदस्यीय टोली गएराति साढे २…

Read More

बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको बढिमालिका भगवतीको दर्शन गरेका छन्। त्रिबेणीमा नवनिर्मित नाट्टेश्वरी मन्दिरको उद्घाटन गर्नु अघि राष्ट्रपति दम्पत्तीले बडिमालिकाको दर्शन गरेका थिए।  राष्ट्रपतिसँगै उनकी धर्मपत्नी सविता पौडेलले पनि बडिमालिका भगवतीको दर्शन गरेकी छन्। नाट्टेश्वरी मन्दिर उद्घाटनका लागि राष्ट्रपति पौडेल बुधबार बेलुकी सुर्खेत बास बसेका थिए।  राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले त्रीबेणीको नाट्टेश्वरी मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल बाजुरा गएको जानकारी दिए।

Read More

धनगढी: डोटीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको केआई सिंह गाउँपालिका–२ तिखात्तरस्थित क्याम्पभित्र अर्घाखाँची सितगंगा नगरपालिका–८ घर भएका ४५ वर्षीय गोपाल रेश्मी बुधबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस्तै कैलालीमा पासोमा परेको चितुवा मरेको छ। जिल्लाको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको हो। पासोमा परेको वयस्क भालेलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो। उद्धार गरी थप उपचार र पुनःस्थापना गर्न डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सव–डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले बताए। चितुवा अन्य…

Read More

काठमाडौं: हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने फरार इन्सपेक्टर बिनुकुमारी शाहीमाथि संगठित अपराधसम्बन्धि कसुर पनि आकर्षित हुने भएको छ। संगठित शैलीमा अपराध गरेर व्यापारीलाई थुनामा राखी पैसा असुल गरिएको अनुसन्धानमा देखिएपछि आपराधिक लाभसँगै संगठित अपराध मुद्दा पनि चलाउन लागिएको हो। जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवलदार महेन्द्र हमालसँग चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ। इटहरीका ताज इस्लाम नेतृत्वको समुहले इन्सपेक्टर शाहीसँग मिलेर एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै एक दिन थुनामा राखेर ३० लाख रुपैयाँ असुल गरी छाडेको थियो। सो गिरोह पेशेवर देखिएको, घटना योजनाबद्ध भएको र तीन जना भन्दा धेरै व्यक्तिको संलग्नता देखिएपछि ललितपुर प्रहरीले संगठित…

Read More