Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा मामाको छोरालाई बञ्चरो प्रहार गरेर एक जना फरार भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बञ्चरो प्रहार गरेर ४० वर्षीय रुद्रे भुल फरार भएका हुन्। हिजो (शनिवार) राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे फरार भएका कञ्चनपुर प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ। उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बञ्चरो प्रहार गर्ने भुलको खोजी जारी रहेको छ।

Read More

बैतडी : बैतडीमा एक बंगुर खोरमा आगलागी हुँदा ११ बंगुर मरेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सान्नमा नरसिंह सुतार र महादेव धनाडीले सञ्चालन गरेकोे बङ्गुरको खोरमा आगलागी भएको हो। सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा रातिको समयमा आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। खोरमा आगो लागेपछि ११ वटा बङ्गुर जलेर मरेका प्रहरी निरीक्षक केसीले बताए। बंगुर खोरमा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मूल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ। संङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्। ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने जनाइएको छ। महाधिवेशन केन्द्रित संङ्गठन सुदृढीकरण अभियानलाई थप गतिशील बनाउन यस किसिमको कार्यक्रम ल्याइएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। यही माघ २५ देखि आगामी चैत २५ गतेसम्म देशभर सञ्चालन हुने सो अभियान समाप्त भएलगत्तै जिल्लाको छनोट गरी पुरस्कृत गरिने उनले जानकारी दिए। सो पार्टीले सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय…

Read More

बैतडी : ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिने महिला स्वास्थ्यकर्मीमाथि नै छाउपडी विभेद हुने गरेको पाइएको छ । महिला स्वास्थ्यकर्मीले डेरा नपाउने, महिनावारी भएका बेला खानेपानीको धारा छुन नपाउने जस्ता विभेद खेप्नु परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतिका बारेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देहीमाडौँ स्वास्थ्य चौकीका इन्चार्ज निर्मला पन्तले महिनावारी भएका बेला पानीको धारा छुन नदिने गरेको पीडा सनाइन्। मेलौली नगरपालिकाको महारुद्र स्वास्थ्य चौकीका अहेव सरिता न्यौपानेले गाउँलेले महिला स्वास्थ्यकर्मीलाई महिनावारी हुनु भयो कि नाई ? बच्चा जन्माउँदा छुनु भयो कि ? भन्दै प्रश्न सोध्ने गरेको बताइन्। सुत्केरी महिलालाई छोएको भए स्वास्थ्यकर्मीलाई खानेपानीको…

Read More

ललितपुर: ललितपुरको इमाडोलमा एकै परिवारका दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका–३ मा आमा, ६ वर्षीय छोरा र २ वर्षकी छोरीको रहस्यमय निधन भएको बताइएको छ। प्रहरीका अनुसार इमाडोल ओचुहाइटकी रविना महर्जन तीन तला माथिबाट हामफालेकी हुन्। हिजो दिउँसो हाम्फालेकी उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। आमा हाम्फालेपछि कोठामा नाबालक छोराछोरी अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई पनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ।

Read More

काठमाडौं : नेपालले एसीसी वुमन्स प्रिमियर कपमा लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा आइतवार बिहान भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ८ विकेटको सहज जीत दर्ता गरेको हो। टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको नेपालले भुटानलाई ६५ रनमै सीमित बनाएको थियो। ६६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १२ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। नेपालको सहज जीतमा सीता राना मगरले अविजित ३२ रन जोडिन्। उनले ३७ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन्। यस्तै पूर्वकप्तान रुविना क्षेत्रीले २४ बलमा १–१ चौका र छक्कासहित अविजित १७ रन बनाइन्। त्यसअघि कविता कुँवर ५ र कप्तान इन्दु वर्मा…

Read More

धनगढी: धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) कलेजका एक प्राध्यापक पक्राउ परेका छन्। हिजो (शनिबार) बीएचएम प्रोग्रामका कोर्डिनेटरसमेत रहेका अन्दाजी ३३ वर्षीय डिल्लीराज भण्डारीलाई कैलाली प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार क्याम्पसमा अध्ययनरत एक छात्रामाथि यौन दुर्ववहार गरेको आरोपमा भण्डारीलाई समातिएको हो। क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्ववहार गरेको आरोप लागेको हो। ती छात्राले भ्रमणका बेला बसभित्र आफूलाई गलत तरिकाले छोएर दुर्ववहार गरेको भन्दै क्याम्पसमा भनेपछि विवाद र विरोध भएको थियो। त्यसपछि हिजो प्रहरीले भण्डारीलाई समातेर थुनेको छ। यस्तै आज सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।

Read More

धनगढी :कञ्चनपुर प्रहरीले कानूनको गलत प्रयोग गरेको महासंघको ठहर गरेको छ। आज (शनिबार) सुदूरपश्चिम प्रदेश समिति र केन्द्रीय समिति प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले कानूनको गलत प्रयोग गरेको ठहर गरेको हो। सुदूरपश्चिम महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेको भन्दै त्यसको खारेजीको माग गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको जानकारी समेत गराएको छ। महासंघ सुदूरपश्चिमले कानुनको दुरुपयोग गरी प्रहरीले पत्रकारलाई पक्राउ गरेको घटनाप्रति महासंघ घोर भर्त्सना समेत गरेको छ। महासंघले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को जुन प्रयोजनका लागि ल्याइएको सोही प्रयोजनका निम्ति मात्र प्रयोग गरी दुबै जना पत्रकारलाई तत्काल रिहाइका लागि…

Read More

धनगढी : कञ्चनपुरमा पक्राउ परेका दुई पत्रकारलाई रिहाइ नगरे आन्दोलन गर्ने पत्रकार महासङ्घ सहित विभिन्न पेसागत सङ्घ सङ्गठनले माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई पक्राउ गरेको थियो। नेपाल पत्रकार महासङ्घ केन्द्र र जिल्ला शाखा कञ्चनपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको रिहाइको माग गरेको हो। केन्द्रीय महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उक्त विज्ञप्तिमा प्रहरी माथि कारबाहीको समेत माग गरिएको छ। त्यस्तै पत्रकार महासङ्घ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीद्धारा जारी प्रेस विज्ञप्तिमा प्रहरीले…

Read More

डडेल्धुरा : नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका-१ का २६ वर्षीय धनबहादुर बोहरा रहेका छन्। उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत रहेको बुझिएको छ। उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए। उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक रूपैयाँ समेत अन्यत्र ट्रान्सफर गरेका थिए। अपरिचित व्यक्तिले मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सिम झिकेपछि बिहीबार बोहराले प्रहरीमा उजुरी दिएका थिए। उनकै उजुरीका आधारमा डडेल्धुरा प्रहरीले लोकेशन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरेको थियो। त्यसपछि बझाङ…

Read More