Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा एक जना ट्याक्टर चालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरीतर्फ आउदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको हो। पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिन पुगेपछि लालझाडी गाउँपालिका–६ चान्देउका ३५ वर्षीय सुरेश चौधरीको शनिबार राति ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। उनको ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

Read More

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् । निर्वाचन आयोगको निर्णयमा अन्तरिम आदेश हुने वा नहुने भन्नेबारे सर्वोच्चबाट निक्र्योल हुनेछ । चौधरीले निर्वाचन आयोग सहित ४ वटा निकायलाई विपक्षी कायम गरेर रिट दायर गरेका थिए । पुस २७ मा कैलालीको टिकापुरमा भएको महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका र जानकी गाउँपालिकाबाट प्रहरीले अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीका ट्राफिक चौराह र भन्सार चोक लगायतका विभिन्न ठाँउबाट अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। दुई लाख ४९ हजार २८५ मुल्यको प्याज, सुर्ती, पान मसला, नरिवल, जिरा, धनीया, बिडी, सरफ, चाट मसला, पास्ता, अचार मसला लगायतका सामान शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो। त्यस्तै धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पनि एक लाख २५ हजार २६० मुल्यको ३५० किलोग्राम प्याज र एक थान अटोसहित गोदावरी नगरपालिका–३ की ४० वर्षीया जयन्ती ऐरलाई शनिबार अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ। जानकी गाउँपालिका–४ मनुवाबाट पनि ४ लाख ९२ हजार…

Read More

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ। गएराति साढे ७ बजे स्थानीय कालुबहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

Read More

पोखरा : स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक संजालमार्फत हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष दुबै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । जिल्ला कमिटीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै गाउँपालिका अध्यक्ष र एमालेबाट राजीनामा दिने घोषणा गरेका हुन् । ‘‘दोश्रो पटक चुनावमा गठबन्धनलाइ पराजित गरि २ पटक जितेको म जस्ता ठेट्नाहरुको पाटीमा कुनै स्थान र मुल्याङ्कन नरहेको कारणले यो पार्टीमा बसिरहन मनले मानेन,’ उनले लेखेका छन् । एमाले सचिव पद्मा अर्याल र नारायण मरासिनिले गोजीबाट नाम निकालेर ९ जिल्ला कमिटि पदाधिकारीमा बनाएको उनले आरोप लगाएका छन्…

Read More

काठमाण्डौ : गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले थप क्षति पुर्‍याउन सक्ने जोखिम छ । बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाटलगायतका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।

Read More

कैलाली : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन ।निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए । नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेका थिए । अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन् । रन्जिता श्रेष्ठले अवैधानिक ठहर गरेको बैठकमा नै…

Read More

हेटौंडा। टिपरले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार एकजना पुरुषको मृत्यु भएको छ । हेटौंडा-१० बसपार्कमा भएको दुर्घटनामा हेटौडा ११ थानाभर्याङका ५५ वर्षका भीमबहादुर विडारीको मृत्यु भएको हो । हेटौंडाको कर्रातर्फ बाट बसपार्क तर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ३५११ नं को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र.२-०३-००१ ख ६८५४ नं. टिफरले ठक्कर दिँदा स्कुटर चालक बिडारी घाइते भएका थिए । हेटौंडाको चुरेहिल अस्पताल उपचार संभव नभएपछि उपचारको लागि चितवन लगिएको र उनको भरतपुरको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Read More

काठमाडौं : भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। शनिबार दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिका– ४ साङदह स्थित पलासे घर भई साङदह मामा घरमा पढ्न बसेकी कबिराज बस्नेतको छोरी वर्ष १४ की चयन बस्नेत घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै झाडीमा चितुवाले चिथोरी घाइते भएकी थिइन्। उनलाई उद्धार गरी थप उपचारका लागि टेकु अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

Read More

आज मिति २०८० साल वैशाख ९ गते आईतवार तदअनुसार अप्रिल २१ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको त्रयोदशि तिथी । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त…

Read More