Author: महेन्द्रनगर पोष्ट

बाजुरा: बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्ने साइनबोर्ड टाँस गरिएको छ। दुई वर्षअघि बनेको ६० मिटर लम्बाइ भएको सो पुलका लागि पाँच करोड ९६ लाख १२ हजार १३० रुपियाँ लगानीमा रोजेन्द्र थेगिम जेभी कैलालीले निर्माणको जिम्मा लिएको थियो। पुलको लोड टेस्ट गर्दा एउटा मात्र गाडीलाई आउजाउ गर्न सहज भएकाले अहिले एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ। सडक डिभिजन कार्यालय अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा १५र१५ टनका तीन गाडी हाल्दा पुल चर्किएपछि एक पटकमा…

Read More

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४३ जना प्रहरी उपरीक्षक (एसपी)लाई सँगै राखेर शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्। आज (बिहीबार) बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको उपस्तिथिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्यक्षेत्रमा खटिन एसपीहरुलाई आग्रह गरे। सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका एसपीहरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्। माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य…

Read More

सिराहा : ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिग बलात्कार गर्ने एक किशोर पक्राउ परेका छन्। सिराहाको लहान नगरपालिका-२ मा डेरा गरि बस्ने १८ बर्षीय निकेश यादवलाई बलात्कार आरोपमा प्रहरीले समातेको हो। उनले हिजो दिउँसो २ बजेतिर भ्यालेन्टाइन डे मनाउने भन्दै १५ वर्षीय नाबालिगलाई कोठामा लगेर जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। नाबालिकाको स्वास्थ्य अस्वभाविक देखिएपछि परिवारले साँझ सोधपुछ गरको थियो। उनले दिउँसोको घटना बताएपछि राती १२ बजे परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। सोही आधारमा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अत्यधिक रक्तश्रावले नाबालिका बेहोस भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ। आरोपित युवकमाथि थप अनुसन्धान भैरहेको…

Read More

दार्चुला : दार्चुलामा आरा मिलमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–९ गाजरी वस्ने सुदेव भट्टले सञ्चालन गरेको आरा मिलमा बिहीवार बिहान आगलागी भएको हो। आगलागी हुँदा आरा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामान गरि अन्दाजी १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उक्त आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

Read More

काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ। परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ।’

Read More

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए। त्यस्तै, गुलसन झाले २१ रन बनाए। उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए। करण केसीले ३८ बलमा १६ रन बनाए। कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए। पवन शर्राफले १२ रन बनाए। नेदरल्याण्ड्सका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान…

Read More

काठमाण्डौ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको १५ दिनपछि सञ्चालनमा आएको छ। कार्यालयले गएको माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनमार्फत् शुरु गरेसँगै वेबसाइट ह्याक भएको थियो। ह्याक भएको वेबसाइट अस्ति मङ्गलवारदेखि सञ्चालनमा आएको हो। वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आएको र ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, कागजातमा रहेको त्रुटि सच्याउनेलगायतका काम अनलाइनमार्फत हुन थालेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अब अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने हुुन्छ। आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण…

Read More

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी बुधबार १३६५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

भूमिराज पिठातोलीकालुखेती : तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ। बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन्। त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला। जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन्। खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ। मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ। आफैँमा पूर्ण लाग्छ। जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले ‘कान्छी गाउँ’ को उपमा दिन्छन्। कान्छी गाउँमा पाँचवटा माडौँ छन्। मष्टामाडौँ (ठूली पाँण)मष्टामाडौँ (ठूली पाँण) पिठातोलावासीका कुलदेउता हो। यो मन्दिरमा जुन समयमा पनि पूजाआजा हुने गर्छ। परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि…

Read More

काठमाडाैं : सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले विदेशी बैंकमा १ अर्ब जम्मा गरेको आशंका अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छ। अकुत सम्पत्तिमा छानबिनमा रहेका पौडेलले आईटी क्षेत्रको खरिद प्रक्रियामा व्यापक कमिसन लिने गरेको, कम मूल्यको सामानलाई अत्यधिक धेरै देखाई खरिद गरी सोवापत पनि करोडाैं रुपियाँ असुलेर एक अर्बभन्दा बढी रकम कमाएको देखिएको अख्तियार स्रोतको दाबी छ। पौडेलले अमेरिका, दुबई र सिंगापुरलगायतका विभिन्न बैंकमा १ अर्ब रुपैयाँभन्दा बढी जम्मा गरेको हुनसक्ने अनुमान गरिएको हाे। उनले सो रकमले अमेरिकाको न्युयोर्कमा रहेकी श्रीमती डा. एलिना बस्नेतको नाममा ७ करोडभन्दा बढी रकम तिरेर सुविधा सम्पन्न बंगला खरिद गरेको समेत पाइएको छ ।…

Read More