Author: महेन्द्रनगर पोष्ट

कैलालीः कैलालीबाट ८ लाख बढी मुल्यका मोबाइलका सामान बरामद गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोड स्थित पदमा अस्पताल अत्तरिया नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख १४ हजार मूल्य बराबरका मोबाइलका सामान प्रहरीले बरामद गरेको हो। उक्त मूल्य बराबरको मोबाईलको कभर र ग्लास लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

धनगढीः दार्चुलामा लागुऔषधसहित एक होटल सञ्चालक पक्राउ परेका छन्। जिल्लाको महाकाली नगरपालिका–४ राधाकृष्ण चोकबाट लागूऔषधसहित दुँहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलमसिंह डडाल आइतबार पक्राउ परेका हुुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कलमसिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट ५३.४० ग्राम र डडालको विधानगर टोल स्थित घरबाट थप १०.४६ मिलिग्राम गरि कुल ६३.८६ ग्राम लागुऔषधसहित डडाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा अचानक बेहोस भएका एकजनाको मृत्यु भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का करिब ५० वर्षीय प्रेमकुमार लामाको कञ्चनपुरमा मृत्यु भएको हो । लामा असोज २४ गते साथीहरुसँग काठमाण्डौबाट घुम्न कञ्चनपुर पुगेका थिए। जिल्लाको वेदकोट नगरपालिका–१० दैजीस्थित लाटा देव स्विट चिया पसलमा चिया र पाउरोटी खाने क्रममा उनी एक्कास बेहोस भएका थिए। त्यसपछि उपचारको लागि महाकाली प्रादेशीक अस्पतालमा पुगाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनााएको छ। लामा मुटु रोगको बिरामी रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ। लामाको शव काठमाण्डौं पठाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी: डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ। अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो। डडेल्धुरा प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्। ‘घटनास्थल नजिकै टेकबहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’ डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म…

Read More

काठमाडौं: विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो। सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ। दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले…

Read More

धनगढी: धनगढीमा माेटरसाइकलले ठक्कर दिदा पैदल यात्रीकाे मृत्यु भएकाे छ। ६ लेन सडककाे राजपुरमा सुपप्र ०१००८ प ८५ काे माेटरसाइकलले ठक्कर दिदा धनगढी उपमहानगरपालिका-१३ बस्ने ६३ वर्षीय अक्बर ठगुन्नाकाे मृत्यु भएको प्रहरीले जनाएको छ। उनकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। माेटरसाइकल र चालक कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-७ बस्ने ३५ वर्षीय गाेविन्दबहादुर झुकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ। अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो। डडेल्धुरा प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्। ‘घटनास्थल नजिकै टेक बहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’ डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने…

Read More

धनगढी: डडेल्धुरामा एक किशोरीको शव फेला परेको प्रकरणमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ। जिल्लाको अमरगढी नगरपालिका-७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव शुक्रवार फेला परेको थियोे। शुक्रबार राति उनको हत्या भएको र त्यसपछि प्लास्टिकको बोरामा राखेर शव फ्याँकेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। सोही घटनामा प्रहरीलाई सत्यतथ्य अनुसन्धान तथा न्याय माग गर्दै स्थानीय र आफन्तले पोखरा बजारमा आन्दोलन पनि थालेका छन्। सोही क्रममा प्रहरीले भने भट्टराईको हत्या आरोपमा सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएमो छ। घटनास्थलबाट करिव १५/२० मिटर पूर्वतर्फ नालामा फालेको अवस्थामा भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि…

Read More

बाँके: कोहलपुरमा एक युवकको टाउको बिनाको शव फेला परेको छ। कोहलपुर नगरपालिका-८ मा स्थानीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको हो। आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको थियो। सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। बंगलाटोलभित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको शव फेला परेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएको खुलेको छ। आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले शव पोष्टमर्टमका लागि…

Read More

धनगढी: बैतडीस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दोगाडा भूमिराज मन्दिरमा धर्मशाला निर्माण गरिएको छ। हालै चन्दा संकलन गरेर मन्दिर क्षेत्रमा तिर्थालु तथा भक्तजनको आवासका लागि धर्मशालाको भवन बनाइएको हो। सो निर्माणका संयोजक शालिभान धामीले आवास प्रयोजनका लागि ३ लाख १८ हजार लागतमा २ कोठे भवन निर्माण गरिएको जानकारी दिए। उनका अनुसार दोगाडा भूमिराज मन्दिरमा पूजा तथा बलि दिएमा मनोकानमा पूरा हुने जनविश्वास छ। सो मन्दिर सिगास गाउँपालिका वडा नं. ९ चौखाममा अवस्थित छ। देश तथा विदेशबाट प्राप्त सहयोगबाट मन्दिरमा विभिन्न संरचना निर्माण हुँदै आए पनि सरकारीस्तरबाट भने कुनै पहल हुन सकेको छैन।

Read More