धनगढी: बैतडीस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दोगाडा भूमिराज मन्दिरमा धर्मशाला निर्माण गरिएको छ। हालै चन्दा संकलन गरेर मन्दिर क्षेत्रमा तिर्थालु तथा भक्तजनको आवासका लागि धर्मशालाको भवन बनाइएको हो।
सो निर्माणका संयोजक शालिभान धामीले आवास प्रयोजनका लागि ३ लाख १८ हजार लागतमा २ कोठे भवन निर्माण गरिएको जानकारी दिए। उनका अनुसार दोगाडा भूमिराज मन्दिरमा पूजा तथा बलि दिएमा मनोकानमा पूरा हुने जनविश्वास छ।
सो मन्दिर सिगास गाउँपालिका वडा नं. ९ चौखाममा अवस्थित छ। देश तथा विदेशबाट प्राप्त सहयोगबाट मन्दिरमा विभिन्न संरचना निर्माण हुँदै आए पनि सरकारीस्तरबाट भने कुनै पहल हुन सकेको छैन।
Facebook Comments Box