कञ्चनपुर: स्पा (मसाज सेन्टर) भन्ने बित्तिकै गलत रुपमा लिने बुझाईलाई परिवर्तन गर्दै व्यवसायी नरेन्द्र शाहले परोपकारी कार्य थालेका छन्। कैलाली, कञ्चनपुरसहित देश्का विभिन्न स्थानम स्पा सञ्चालन गर्दै आएका शाहले परोपकारी काम थालेका हुन्।
शाहले स्पामार्फत रक्तदान लगायत अन्य सामाजिक गतिविधि थालेको बताए। उनका अनुसार सामाजिक रुपमा प्रभावकारी गतिविधि गर्ने क्रममा महेन्द्रनगरबाट रक्तदान थालिएको छ।
अस्तिमात्र उनको कोहिनुर स्पाको आयोजनामा महेन्द्रनगरमा युवा व्यवसायीहरूले रक्तदान गरेका थिए। सो कार्यक्रम धनगढी लगायत अन्यत्र पनि गरिने उनको भनाई छ।
जसमा महेन्द्रनगरको बर्गर हाउसले पनि सहकार्य गरेको छ।
युवा व्यवसायीहरूले अबकाे व्यवसाय नाफामुखी मात्र नभई समाजिक सेवामुखी पनि हुनुपर्ने कुरामा जोड दिएका छन्।
Facebook Comments Box