बैतडी: दार्चुलाको छाङरुमा खानेपानी पुऱ्याउन प्राविधिक अध्ययन भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको हो।
दार्चुलाको व्यास गाउँपालिका-१, छाङरुमा खानेपानी पुगाउनका लागि सम्भाव्यता अध्ययन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ।
प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा रहेका करिब एक सय १० घरधुरीमा खानेपानी पुगाउने लक्ष्य रहेको छ।
समुन्द्री सतहबाट ३ हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको हो।
Facebook Comments Box