काठमाडौं: न्याय परिषद्ले उच्च र जिल्लाका अदालतका गरी १४ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ।
न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालका ३ र जिल्ला अदालतका ११ गरी १४ न्यायाधीशको काज र सरुवा सिफारिस गरेको हो।
उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत बिराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ। त्यस्तै उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल बिराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ।
उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई भने राष्ट्रिय न्यायिक प्रतिष्ठानमा कागजमा खटाउन सिफारिस भएको छ।
सरुवा सिफारिस हुने जिल्ला न्यायाधीशहरुमा सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राई, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरे लगायत छन्।
न्यायपरिषद्को सिफारिसलाई प्रधानन्यायाधीशले कार्यान्वयन गर्नेछन्।