काठमाडौं: रातो पासपोर्टबाट बन्चित हुँदै आएका सुरक्षाकर्मीले अब त्यस्तो सुविधा पाउने भएका छन्। सरकारले राहदानी नियमावली संशोधन गर्दै नेपाली सेनाका दुई तारे जर्नेलसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एआइजी दर्जाका कर्मचारीलाई समेत रातो पासपोर्ट दिने निर्णय गरेको हो।
अस्ति आइतबारको क्याबिनेट बैठकले गरेको यो निर्णयपछि दुई दर्जन बढी जर्नेल, नेपाल प्रहरीका सात र सशस्त्रका तीन जना एआइजीले रातो पासपोर्टमा विदेश उड्न पाउने भएका छन्।
एआइजीहरुले पहिलेबाटै पाउँदै आएको यो सुबिधा बीचमा काटिएको र अफिसियल राहदानी (नीलो पासपोर्ट) दिने गरिएको थियो।
Facebook Comments Box