धनगढी: कैलालीको धनगढी उप-महानगरपालिका–२ कालिका टोलबाट प्रहरीले ५ ग्राम लागुऔषध (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र त्रिनगर प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले करिब २३ वर्षीय करन महरालाई शंका लागी जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो।
पक्राउ परेका महरालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box