Author: महेन्द्रनगर पोष्ट

कैलाली : पछिल्लो समयमा बढ्दो वन अतिक्रणसँगै  विभिन्न नाममा कैलालीको वन मासिँदै जान थालेको छ। जिल्लामा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, संस्थागतका नाममा वन अतिक्रमणले वन मासिँदै गएको हो। कैलालीका १३ स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमण गरी घरटहरा निर्माण भइरहेका छन्। गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिकाको मसुरिया, घोडाघोडीको पहलमानपुर, लम्कीको बल्चौर, धनगढी उपमहानगरपालिकाको फूलबारी, कैलारी गाउँपालिकाको वसन्तालगायतका क्षेत्रमा वन अतिक्रमण भइरहेको छ। कैलालीमा बढ्दो सहरीकरण, प्रदेशको राजधानी, स्वास्थ्य सुविधा, शिक्षा, यातायातलगायत सुविधाका कारण पहाडबाट बसाइँ सर्ने दर अत्यधिक रहेकाले बसाइँ सरेर आएका कतिपयले वन अतिक्रमण गरी घर टहरा निर्माण गर्ने गरेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव…

Read More

काठमाडाैं :  नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो। यसअघिका प्रवक्ता डीआईजी कुवेर कडायतको सरुवा भएसँगै निमित्तको रुपमा कार्कीलाई ल्याइएको हो।

Read More

काठमाडौं :समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो। प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए। हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए। पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो। २०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय थिए। उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध…

Read More

घोडाघोडी : झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरविराहट र चहलपहलले घोडाघोडी ताल क्षेत्र थप रमणीय र मनमोहक भएको छ । सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब ६ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित…

Read More

काठमाडौं : इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन्।हिजो(शुक्रबार) एक कार्यक्रमका बीच पाँच जना राष्ट्र सेवक कर्मचारीलाई  सम्मान गरिएको हो।  सम्मानित हुनेमा महिला तथा बालबालिका विभागका उपसचिव नीरा अधिकारी, जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत प्रतिक राई, मनमैजु माध्यमिक विद्यालय तारकेश्वर काठमाडौंका प्रधानाध्यापक, रिबना महर्जन, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङका बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय र नारायणी अस्पताल बीरगञ्जका अस्पताल नर्सिङ निरीक्षक हेमा थापा रहेका छन्।  पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुकासाथै जिल्ला स्थीत सञ्जाल पनि परिचालन…

Read More

कैलाली : कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। लम्की चुहा नगरपालिका-१ लम्कीबाट ४०० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ वस्ने २० वर्षीय कमल शाही शुक्रवार साँझ पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेपछि उनकी कान्छी पत्नीले बधाई दिएकी छिन् । कान्छी पत्नी आशा चौधरीले फेसबुकमा दुवैको फोटो राख्दै लेखीए छिन्- ‘धेरै धेरै बधाई छ हजुर।’ धनगढी उपमहानगरपालिका-६ स्थित जालीमा माइत रहेकी आशासँग रेशमले टीकापुर घटना हुनुभन्दा बिहे गरेका थिए। अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन्। उता कान्छीले बधाई दिइरहँदा यताकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी भने रेशमसँग रिसाएकी छिन्। नाउपाकी निवर्तमान अध्यक्ष रञ्जिता पार्टीको महाधिवेशनले चयन गरेको कार्यसमितिप्रति रुष्ट भएको बताइएको छ। महाधिवेशनले आफ्नो बारेमा कुनै निर्णय नगरेपछि रञ्जिताले असन्तुष्ट भएर महाधिवेशनस्थल छाडेर गएकी थिइन्। स्रोतका अनुसार उनले अध्यक्षमा…

Read More

काठमाडौं : अब नेपाल प्रहरीका अधिकारीले कुनै पनि सार्वजनिक कार्यक्रममा बोल्न अनुमति लिनुपर्ने भएको छ । सार्वजनिक कार्यक्रमहरूमा संगठनको धारणाविपरीत बोल्दा समस्या बढ्न थालेपछि प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई परिपत्र गरेर अनुमतिबिना कार्यक्रममा गएर नबोल्न निर्देशन दिएको हो । कार्यक्रममा निमन्त्रणा भएका सम्बन्धित प्रहरी अधिकृतहरूले कार्यक्रमको विषयवस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा रायसुझाव के-कस्ता हुन सक्छन् भन्ने नजरअन्दाज गरी प्रहरी महानिरीक्षकको सचिवालयमा कुनै जानकारी नदिई आफूखुसी सहभागी हुने र अभिव्यक्ति पनि दिने गरेको देखिएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Read More

कैलाली : नागरिक उन्मुक्ति पार्टीको महासचिवमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी निर्विरोध निर्वाचित भएका छन्। निकै लामो टसलका बिच महासचिवमा चौधरी निर्विरोध निर्वाचित भएका हुन्। कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा यसअघि महासचिव टुङ्गो नलाग्दै अध्यक्षसहित २४ पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए। तर महासचिवमा गङ्गाराम चौधरी, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्म चौधरी, नेता ठाकुरसिंह थारुले दाबी गरेका थिए। अन्तिममा थारुले उम्मेदवारी फिर्ता लिए पनि भौतिक पूर्वाधार मन्त्री रहेका चौधरीले फिर्ता लिन मानेका थिएनन् । उनलाई अन्य जिम्मेवारी दिने सर्तमा महासचिवको जिम्मेवारी गङ्गाराम चौधरीलाई दिइएको पार्टीका अध्यक्ष रेशमलाल चौधरीले बताए ।

Read More

काठमाडौँ : हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More