काठमाडौं : रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेपछि उनकी कान्छी पत्नीले बधाई दिएकी छिन् । कान्छी पत्नी आशा चौधरीले फेसबुकमा दुवैको फोटो राख्दै लेखीए छिन्- ‘धेरै धेरै बधाई छ हजुर।’
धनगढी उपमहानगरपालिका-६ स्थित जालीमा माइत रहेकी आशासँग रेशमले टीकापुर घटना हुनुभन्दा बिहे गरेका थिए। अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन्।
उता कान्छीले बधाई दिइरहँदा यताकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी भने रेशमसँग रिसाएकी छिन्। नाउपाकी निवर्तमान अध्यक्ष रञ्जिता पार्टीको महाधिवेशनले चयन गरेको कार्यसमितिप्रति रुष्ट भएको बताइएको छ।
महाधिवेशनले आफ्नो बारेमा कुनै निर्णय नगरेपछि रञ्जिताले असन्तुष्ट भएर महाधिवेशनस्थल छाडेर गएकी थिइन्। स्रोतका अनुसार उनले अध्यक्षमा दोहोरिने चाहना रञ्जिताले राखेकी थिइन् तर रेशम चौधरी आफैँ अध्यक्ष भएपछि रञ्जिताको हैसियत पार्टीमा के हुने भन्ने स्पष्ट भइसकेको छैन।
रेशम चौधरीले महाधिवेशनभन्दा पहिले रञ्जितालाई अध्यक्षमै निरन्तरता दिने बताएका थिए। तर महाधिवेशनमा रेशमले एक्कासी उम्मेदवारी दिएपछि रञ्जिताको चित्त दुखेको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताएका छन्।