Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीमा सडक कालोपत्रमा ठेकेदार कम्पनीको बदमासी देखिएको छ। क्षेत्रीय सहरी विकास आयोजनामार्फत कालिका कन्स्ट्रक्सनले कालोपत्रको काम गुणस्तरीय नगरेको पाइएको हो। धनगढीमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का पाएको निर्माण कम्पनीले मुख्य सडकको कालोपत्रमा नै बदमासी गरेको छ। क्षेत्रीय सहरी विकास आयोजनाले गुणस्तरीय कालोपत्र नभएको भन्दै निर्माण कम्पनीलाई काम रोक्न पत्र नै पठाएको छ। गुणस्तरीय कालोपत्र निर्माण नभए भुक्तानी रोक्का गरिने आयोजना कार्यालयको चेतावनी छ। क्षेत्रीय सहरी विकासका इन्जिनियर सौरभ कलौनीले आइतवारदेखि काम रोकिएको बताए। ‘लेयर मिलेको छैन। लेयर जस्तो हुनुपर्ने हो, त्यो भएको छैन। टेक्निकल कुरा हो। उहाँहरुले पूरा नगरेसम्म भुक्तानी हुँदैन,’ उनले भने। धनगढीमा क्षेत्रीय सहरी विकासले…

Read More

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुमा मंगलबार (२ माघ) देखि स्नातक तहको पढाइ सुरु हुँदैछ । शुल्क विवादका कारण लामो समयसम्म प्रवेश परीक्षा सञ्चालन नहुँदा यस वर्ष इन्जिनियरिङको पढाइ ढिला गरी सुरु हुन लागेको हो । प्रवेश परीक्षा र भर्ना समय सकिँदासम्म त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका क्याम्पसहरुले सिट अनुसार विद्यार्थी भने पाउन सकेका छैनन् । पछिल्ला वर्षमा खाली हुने सिट संख्या पनि बढ्दै गएको संस्थानका अधिकारीहरु बताउँछन् । सोमबारसम्म संस्थानले सार्वजनिक गरेको भर्ना विवरण अनुसार कलेजहरुमा रहेको सिट संख्यामध्ये समग्रमा २५.२० प्रतिशत सिट संख्या खाली छ । कतिसम्म भने कुनै समय भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने पुल्चोक,…

Read More

धनगढी : सुदूरपश्चिमम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री रमेशसिंह धामीले वनसम्बन्धी मुद्दा सकेसम्म छिटो किनारा लगाइ दिन जिल्ला अदालतलाई आग्रह गरेका छन्। जिल्ला न्यायाधिस विष्णुप्रसाद अवस्थी र डल्लुराम चौधरीलाई भेटेर मन्त्री धामीले मुद्दा प्रकृया लम्बिएर बरामद गरेको काठ लामो समय राख्दा सडेर जाने गरेकाले यससम्बन्धी मुद्दा प्राथमिकतामा राखेर टुङ्ग्याइ दिन आग्रह गरे। मुद्दा प्रकृयाका कारण लामो समय लिलाम हुन नसकेर वन कार्यालयहरुमा राखिएको काठ काठ सड्नुका साथै सवारी साधन काम नलाग्ने अवस्थामा पुगेका उनले बताए। ‘वर्षौँदेखि लिलाम हुन नसक्दा काठ सडेर गएका छन्, कतिपय सवारी साधन काम नलाग्ने अवस्थामा पुगेका छन्’ उनले भने, ‘प्रदेशका सबै वन कार्यालयमा सडेर…

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीको विधान अधिवेशनसम्म प्रदेश इञ्चार्जहरूको जिम्मेवारी यथावत राख्ने भएको छ । पार्टीको स्थायी समिति बैठकले फागुन पहिलो साताका लागि तोकिएको विधान अधिवेशनसम्म हाल प्रदेशको जिम्मेवारी तोकिएका नेताहरूलाई सोही क्षेत्रमा रहेर काम गर्न निर्देशन दिएको हो । माओवादी केन्द्रमा वर्षमान पुनलाई विशेष प्रदेश, चक्रपाणि खनाललाई कोशी, लीलामणि पोख्रेललाई मधेश, जनार्दन शर्मालाई वागमती, देवेन्द्र पौडेललाई गण्डकी, हितमान शाक्यलाई लुम्बिनी, मात्रिका यादवलाई कर्णाली, डिलाराम आचार्यलाई सुदूरपश्चिम गिरिराजमणि पोख्रेलाई उपत्यका सम्र्पक समन्वय र राम कार्कीलाई प्रवास प्रदेश इञ्चार्जको जिम्मेवारीमा छन् । माओवादी केन्द्रको स्थायी समिति बैठकले जिल्ला इञ्चार्ज र अन्य केन्द्रीय सदस्यहरूलाई अभियानभन्दा पहिलेको यथास्थानको जिम्मेवारीमा पठाउने निर्णय गरेको…

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन हुने भएको छ । २०७८ चैत्र १४ गते नेकपा एमालेबाट जितेका निर्वतमान नगरप्रमुख हरिसिंह साउँदले उद्घाटन गरेको प्रशासकीय भवनको पुनः उद्घाटन हुन लागेको हो । एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण लगानीमा निर्माण सम्पन्न भएको भवन गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएपछि कांग्रेसबाट जितेका हालका नगरप्रमुख विरेन्द्र भट्टले भवनको पुनः उद्घाटन गर्ने भएका हुन । क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले १३ करोड ४६ लाख बढीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन नगरपालिकालाई हस्तान्तरण गरेको छ । भवन क्षेत्रीय सहरी विकास कार्यालय धनगढीका इन्जिनियर शौरभ कलौनीले नगरप्रमुख भट्टलाई हस्तान्तरण गरेका छन्। भवन निर्माणका लागि शर्मा एण्ड कम्पनीसँग…

Read More

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ।  भैरहवामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो। कर्णालीका लागि दिवान पुनले सबैभन्दा बढी ३८ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भयो। बलिङमा सुदुरका शेर मल्लले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिए। विकास आग्रीले २ विकेट लिए भने नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले १-१ विकेट लिए। त्यसअघि सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरे। टस जितेको कर्णालीले…

Read More

काठमाडौं : सुजन थपलियाको शतकका बावजुद कोशी प्रदेशमाथि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हात पारेको छ। जारी प्रतियोगितामा यो पुलिसको लगातार दोस्रो जित हो भने कोशी लगातार तीन खेलमा पराजित भयो। कीर्तिपुरस्थित त्रिवि मैदानमा पुलिसले कोशीमाथि ७ विकेटको जित निकालेको हो। कोशीले दिएको १६७ रनको लक्ष्य पुलिसले ३ विकेटको क्षतिमा २३.१ ओभरमै पूरा गर्‍यो। पुलिसका लागि अर्जुन साउदले नटआउट ६२ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३८ रन जोडे। कुशल भुर्तेल १२, सुनील धमला १६ रन र दिलीप नाथ ३१ रन बनाएर आउट भएका थिए। बलिङमा कोशीका कमल खत्रीले २ विकेट लिए। त्यसअघि कोशीका लागि सुजन…

Read More

काठमाडौं : रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए। रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए। उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए। जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए।

Read More

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो। ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। यसबारे विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ। यस्तो छ सूचना:

Read More

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन्। देउवाको पारिवारिक स्रोतका अनुसार यही माघ २१ गते जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका हुन्। छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन्। प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए। बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेकाे देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टि गरे। बुढानीलकण्ठ निवासबाटै इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्। काठमाडौँमा गत जेठ १ मा दुई परिवार र…

Read More