Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा जंगली बँदेलको  अक्रमणबाट दुई  जना घाइते  भएका छन्। जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका ३२ वर्षीय ओम प्रकाश जोशी  र सोही वडा घाङल बस्ने मने दयालकी ९ वर्षीया छोरी करिस्मा दयाल बँदेलकाको अक्रमणबाट घाइते भएका हुन्। आइतबार दिउँसो घरमै बसिरहेका जोशीमाथि बँदेलले आक्रमण गरी घाइते बनाएको हो, भने बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो। बालिकाको टाउकोमा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भिर चोट छ। घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ।   पछिल्लो समय बँदेल आक्रमणका कारण जिल्लामा त्रासको वातावरण छ।

Read More

बाजुरा : बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका-५ की ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो। गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाइते भएकी थिइन्। उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आइतवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाइते भएकी थिइन्।  

Read More

काठमाडौं : भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ। समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू पुगेका छन्। यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन्। प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन्। बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ। बिहान १० बजेदेखि विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन्। रामको मूर्तिको प्राण–प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुनेछ। प्राण–प्रतिष्ठाका लागि ८४ सेकेन्डको अति सूक्ष्म मुहूर्त हुनेछ।

Read More

कञ्चनपुर: मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् ।  चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन् ।  यहाँको भीमदत्त –१० का १७ वर्षीय ललित सार्कीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन् ।  पाटन  स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि जानुपूर्व यतिबेला स्थानीय सरकारसित सहयोगका लागि आग्रह गरिरहेका छन् । “बुबा…

Read More

डोटी : डोटीमा एक जना  मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बडिकेदार गाउँपालिका–२ का २२ वर्षीय राजीवमास्की मागर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले  जानकारी दिएको छ। मगर पातलको भिरबाट  करिब ७ सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।  साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

हेटौँडा : बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी मागसहित विज्ञापन गरेको हो । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन गरिने भएको हो ।

Read More

धनगढी : भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन भोलि काठमाडौंमा दीप प्रज्वलनका साथै दिव्य भण्डारा प्रसादको आयोजना गरिएको छ । जगद्गुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाको कृपा प्रेरणाले श्री जगद्गुरु रामानन्दाचार्य सेवा पीठ प्राचीन हरिद्वार-वराहक्षेत्र, चतराधाम एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर थिमीको संयुक्त आयोजनामा दिव्य भण्डारा आयोजना गर्न लागिएको हो । भोलि नै मध्यान्हमा भगवान श्रीरामको षोड्शोपचार पूजनसहित महाआरती समेत हुने आयोजकले जनाएको छ । साथै साँझमा आश्रम लगायत सबैका घरघरमा दीपावली गरेर श्री रामजीको प्राण प्रतिष्ठा महोत्सव भव्यरुपले मनाइने छ । कार्यक्रममा नेपालका विभिन्न ठाउँ लगायत भारत, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया, फ्रान्स, डेनमार्क लगायतका देशबाट समेत…

Read More

धनगढी : कैलालीमा सशस्त्र प्रहरी बल नेपालले आफ्नो २३ औं सशस्त्र प्रहरी वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। वार्षिकोत्सबको अवसरमा सशस्त्र प्रहरी बलले जिल्ला विभिन्न स्थानहरुमा कार्यक्रमहरु भईरहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका सूचना अधिकारी एसएसपी रमेश कुमार पाण्डेका अनुसार सीमाबासीसंग सशस्त्र प्रहरी बल नेपाल र समुदाय बिचको साझेदारी कार्यक्रम र टिकापुरको कालाकुण्डास्थित सार्वजनिक चौतारो निर्माणको शुभारम्भ भएको छ । कार्यक्रम टिकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु र सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा स्थानिय…

Read More

धनगढी : आईसीसी यू१९ विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको छ। विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले पहिलो हार भोगेको हो। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो। आइतबार भएको समुह डी को आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग हार भोग्दै विश्वकपको सुरुवात गरेको छ। न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन बनायो। नेपालका लागि अर्जुन कुमाल शतक बनाउनबाट चुके। नेपालले आठौं विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको थियो। १ सय ४ बलमा १२ चौका हानेका अर्जुन ३७.२ ओभरमा ९० रन बनाउँदा क्याच आउट भए। न्युजिल्यान्डविरुद्ध अर्जुनले बनाएको ९०…

Read More