Author: महेन्द्रनगर पोष्ट

दिपायल : पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ। समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा अवस्थित छ। प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो स्थल पदयात्राका लागि उपयुक्त गन्तव्य मानिए पनि पूवार्धार निर्माण नहुँदा यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन्। स्थानीयवासीले यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन्। सहजपुर विपीनगर बोगटान दिपायल सडकबाट गाडीमा करिब दुई घण्टाको पैदलयात्रामा बडीकेदारधाम पुग्न सकिन्छ। ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै बडीकेदार पुग्न सकिने भए पनि अहिलेसम्म यस क्षेत्रको पूर्वाधार निर्माणमा कसैको…

Read More

काठमाडौं : १५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको छ। प्रहरीका अनुसार अदालतले शुक्रबार पक्राउ अनुमति दिएको हो। प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो। प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पक्राउ लिएको थियो। ‘किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले ‘क्वीक इम्पेक्ट प्रोग्राम’ सञ्चालन गरेको छ। आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले यो योजना ल्याएको हो। यसअन्तर्गत सशस्त्र प्रहरी बलको नेपाल नम्बर–९ पशुपतिनाथ बाहिनीले संगठन र नागरिकबीचको सम्बन्धलाई विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत बाहिनीले अशक्त दर्शनार्थीको सहजताका निम्ति पशुपति विकास कोषलाई ह्वील चियर हस्तान्तरणका साथै मन्दिरको सरसफाइ गरेको छ। बाहिनीका प्रमुख एवं डीआईजी पुरुषोत्तम थापाले कोषका सदस्यसचिव राजुकुमार क्षेत्रीलाई चारथान ह्वील चियर हस्तान्तरण गरेका हुन्। यस्तै, सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनीले तारकेश्वर नगरपालिका–५, गोलढुंगामा रुद्रमती किरियापुत्री धाम निर्माण गरेर धाम सञ्चालक समितिका अध्यक्ष नवराज चापागाईंलाई हस्तान्तरण गरेको छ। यही माघ ९…

Read More

काठमाडौं: त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो। कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए। हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा पाण्डेले बताए। बरामद भएको सुन दर्जी आफैले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको पाण्डेले बताए।

Read More

काठमाडौं : समस्याग्रस्त सहकारीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ। सहकारी विभागको अनुरोधमा समस्याग्रस्त सहकारीबारे अनुसन्धान थालिन लागेको हो। सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्यले सबै समस्याग्रस्त सहकारीको अनुसन्धान थालिएको जानकारी दिइन्। सीआईबी स्रोतका अनुसार त्यसमा पोखरास्थित सूर्यदर्शन सहकारी पनि रहेको छ। जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राई पनि जोडिएका छन्। राई अहिले फरार छन् भने लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्। ब्यूरो स्रोतका अनुसार पोखराबाट पनि फाइल मगाएर अध्ययन गर्न लागिएको छ। ‘सबै अनुसन्धान गर्दा उहाँहरू संलग्न रहेको सहकारीमाथि पनि अनुसन्धान हुन्छ, आवश्यक परे उहाँहरूमाथि पनि…

Read More

धनगढी : कैलालीमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको छ। जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा आइतबार पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो। जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि खवर गरेपछि प्रहरी घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको जानकारी दिए।

Read More

धनगढी: मानव सेवा आश्रम र दृष्टि फाउन्डेसनलाई नेपाल विद्यार्थी संघ धनगढीले सहयोग गरेको छ। आज (आइतबार) नेविसंघले चिसोको मौसमलाई मध्यनजर गर्दै दाउरा र केही थान कपडा सहयोग गरेको हो। नेविसंघ धनगढीका सभापति दिपेश बोहराले चिसोमा केही राहत होस् भनेर सहयोग गरेको बताए।

Read More

डडेल्धुरा : डडेल्धुरामा १४ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन्। आज (आइतबार) २३ औं सशस्त्र प्रहरी दिवस २०८०को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुरामा कार्यरत सशस्त्र प्रहरीले रक्तदान गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबहादुर पालले जानकारी दिए।

Read More

काठमाडौं : दाङमा बहुविवाह गरेकामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार घोराहीका सरोज पौडेललाई बिहीबार पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई मिशिल तयार गरेर आइतबार अदालत बुझाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए। पौडेलका जेठी पत्नीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। विदेश जाने लोभमा पौडेलले जेठी पत्नी हुँदाहुँदै पारिवारिक दबाबमा दोस्रो बिहे गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। पौडेलको जेठी पत्नीसँग राम्रो सम्बन्ध नभएपछि उनीहरू एकल रूपमा बस्दै आएको र पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद नगरेर दोस्रो बिहे गरेपछि जेठी पत्नी श्रीमान्‌विरुद्ध प्रहरीमा जाहेरी लगेर पुगेकी थिइन्। रासस

Read More

काठमाडाैं: नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस (डाक्टर) पढ्नका लागि डोटीका एक जना विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्। उनले डोटीको केआइसिंह गाउँपालिका-४ कारीगाउँका १७ वर्षीय शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको केआइसिंह गाउँपालिका-५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिए। एमबीबीएस पढ्न नाम निकालेका शिविकाे आर्थिक अवस्था कमजाेर रहेकाे छ। आलेकाे सहयाेगले शिविकाे पढाइमा सहायता पुग्ने रावलले बताए।

Read More