Author: महेन्द्रनगर पोष्ट

प्यूठान : रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ । रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो । प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको खबर आएको जानकारी दिए । रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए । दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यू भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए । उनीसँगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यू भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिए ।

Read More

काठमाडौं : नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले विश्वपक अघिको वार्म अप खेलमा नामिबिया यू–१९ टिममाथि जित हात पारेको छ ।दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबियाले २९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३५ रन बनायो । नामिबियाका लागि बुसिङ भोसेन्कले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोफितले १८ रनको योगदान गरे ।नेपालका लागि आकाश चन्द र गुलशन झाले समान तीन–तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि दिपक डुम्रेले सर्वाधिक ३२ रन…

Read More

काठमाडौं : एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा एसीसी प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने भएको छ । एसीसीले बिहीबार वर्ष २०२४ को क्यालेन्डर सार्वजनिक गर्दै प्रिमियर कप ओमानमा हुने जनाएको छ । प्रतियोगिता अप्रिल १० देखि २३ सम्म हुनेछ । प्रतियोगितामा साविक विजेता नेपालसहित एसियाका १० एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यस पटक प्रिमियर कप टी-२० फर्म्याटमा हुनेछ । जुनमा अमेरिका र वेष्ट इन्डिजमा टी-२० विश्वकप हुने भएकोले प्रिमियर कप पनि सोही फर्म्याटमा हुन लागेको हो । जसमा साविक विजेता नेपालसहित युएई, ओमान, हङकङ, कुवेत, मलेसिया,बहराइन, कतार र एसीसी च्यालेन्जर कपबाट छनोट भएर आउने दुई टोली हुनेछन् । जनवरी…

Read More

काठमाडौं : पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंको टोलीले छापा मारेको छ । पशुपति क्षेत्रमा बसेर गाँजा बेचेको आरोपमा एनसीबीको टोलीले ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ८ सय ३८ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ब्यूरोका अनुसार, गौशालाको ओरालोबाट गाँजा विक्री गर्दै गरेको अवस्थामा केहीलाई पक्राउ गरिएको थियो भने केहीलाई शव दाहगृह नजिकैबाट समातिएको हो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, गौशाला बुझाइएको जनाइएको छ । गाँजाको विक्रीबारे अनुसन्धान गरिदिन भन्दै पशुपति क्षेत्र विकास कोषले ब्यूरोलाई अनुरोध गरेको थियो ।

Read More

काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर्‍याइएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद सजाय सुनाएको भोलिपल्ट सांसद चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत त्यसमा प्रतिक्रिया दिए । सन्दीपको नाम नजोडी उनले ‘कुन अवस्थालाई बलात्कार मान्ने भन्नेबारे कानुनको व्याख्या आवश्यक रहेको’ प्रतिक्रिया दिए । उनले फेसबुक र ट्विटर दुवैतिर लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुदैन ? परिभाषाको आवश्यकता ।’ सन्दीपलाई आठ वर्ष कैद सजाय ठहर भएको भोलिपल्ट प्रतिक्रिया व्यक्त गरेकाले उनको संकेत यही विषयमा हो भनी बुझ्न कठिन छैन ।…

Read More

डडेल्धुराः जापानमा बस्दै आएका समाजसेवी विनय प्रकाश मल्लले विश्व हिन्दु युवा संघ डडेल्धुरालाई २५ हजार सहयोग गरेका छन्। मकर संक्रान्तिको अवसरमा परशुराम धाममा हुने आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमका लागि मल्लले संघलाई २५ हजार सहयोग गरेका हुन्। बिहीबार समाजसेवी मल्लकी आमाले संघका जिल्ला अध्यक्ष मोहन ऐर ‘रोहन’लाई उक्त रकम हस्तान्तरण गरिन्। सहयोग गरेबाफत मल्लकी आमालाई अध्यक्ष ऐरले खादा र सौउल ओढाएर सम्मान व्यक्त गरे। हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा यही पुस २९ र माघ १ गते परशुराम धाममा आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम हुँदैछ। धार्मिक आस्था उजागर गर्ने र परशुराम धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजन…

Read More

धनगढीः राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार नारायणदत्त भट्टको उम्मेदवारी कायम भएको छ। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेकोमा उनको उम्मेदवारी कायम गरिएको हो। सत्तारूढ गठबन्धनकातर्फबाट अपाङ्गतातातर्फ आइतवार उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका हुन्। तर, भट्टको उम्मेदवारी कायम गरिएको निर्वाचन कार्यालय, कैलालीका प्रमुख प्रेम भट्टले बताए। उनका अनुसार नारायणदत्त भट्टको उम्मेदवारी निर्वाचन अधिकृतले कानुन सम्मद रहेको भनेका हुन्। नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपाङ्गताको विषयलाई लिएर उजुरी दर्ता गरिएको थियो। किर्ते अपाङ्गता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको…

Read More

धनगढी : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदुरपस्चिम प्रदेशको निर्देशन पछि डिभिजन वन कार्यालय धनगढीले धनगढीमा दाउरा वितरण शुरु गरेको छ । मंगलबार मन्त्री रमेश धामीको निर्देशन पछि आजबाट धनगढीमा दाउरा वितरण शुरु भएको हो । डिभिजन बन कार्यालय धनगढीका अनुसार धनगढीको चटकपुरबाट विभिन्न चोकहरुमा दाउरा वितरण शुरु गरिएको हो । सहिद गेट, उत्तरबेहडी, एल एन चोक, चकमेलि, शिवनगर, क्याम्पस चोक तथा बुद्धचोक लगायतका ठाउँमा दाउरा वितरण गरिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कंडेलले बताए । चिसो बढे सङ्गै मन्त्री रमेश धामिको निर्देशन पछि सामुदायिक वन बाट दाउरा लिएर वितरण गरिरहेको कंडेलले बताए । यस्तै चिसो रहे ३–४…

Read More

धनगढी : टेलिकमको कवाड टेन्डरमा घोटाला भएको पुष्टि हुनेगरी अत्तरियामा भएको ट्रकमा तामाजन्य कवाड तौल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा गरिएको तौलमा रा १ ख ३२१६ नम्बरको ट्रकमा रहेको तामाजन्य पदार्थको तौल १४९८२.८० रहेको छानबिन समितिका संयोजक शिवराज जोशीले जानकारी दिए । हसुलिया बाट नियन्त्रणमा लिइएको ट्रक सहितको तौल २४ टन रहेको स्रोतले जनाएको छ तर छानबिन समितीले तौल गर्न बाकी नै छ। नेपाल टेलिकमको दुुरसंचार कार्यालय गेटा गोदामबाट चार दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दुर संचार कार्यालय गेटाबाट सामग्री लोड गरेर जाने क्रममा दुई वटा लोड ट्रक नियन्त्रणमा लिएपछि अनियमितताको…

Read More

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको व्यक्तित्व बहुआयामिक भएको बताएका छन्। बिहीबारदेखि सुरु नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै नेपालले चौधरीमाथि शंका गर्न नहुने बताए। ‘हामी पनि चाहन्छौँ कि देशलाई एकताबद्ध बनाउने र सबै जातजातिको बीचमा पारस्पारिक प्रेम र सद्भाव बढाउने व्यक्तिमाथि अनुचित शंका उपशंका र आरोप लगाउनु हुँदैन। इमानदार मान्छेलाई कसैले अपराधी भन्यो भने सबैको चित्त दुख्छ’, नेपालले भने। अध्यक्ष नेपालले आफूले नागरिक उन्मुक्ति पार्टीलाई आफूले थारुहरूको संगठन मात्रै नठानेको बताए। भने, ‘यो सबै समुदायको संगठनको रुपमा राष्ट्रिय रुपमा नै अगाडि बढ्ने संकल्प गरेर अगाडि बढेको यो संगठनको रुपमा मैले…

Read More