धनगढी : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदुरपस्चिम प्रदेशको निर्देशन पछि डिभिजन वन कार्यालय धनगढीले धनगढीमा दाउरा वितरण शुरु गरेको छ । मंगलबार मन्त्री रमेश धामीको निर्देशन पछि आजबाट धनगढीमा दाउरा वितरण शुरु भएको हो ।
डिभिजन बन कार्यालय धनगढीका अनुसार धनगढीको चटकपुरबाट विभिन्न चोकहरुमा दाउरा वितरण शुरु गरिएको हो ।
सहिद गेट, उत्तरबेहडी, एल एन चोक, चकमेलि, शिवनगर, क्याम्पस चोक तथा बुद्धचोक लगायतका ठाउँमा दाउरा वितरण गरिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कंडेलले बताए । चिसो बढे सङ्गै मन्त्री रमेश धामिको निर्देशन पछि सामुदायिक वन बाट दाउरा लिएर वितरण गरिरहेको कंडेलले बताए ।
यस्तै चिसो रहे ३–४ दिन दाउरा वितरण गरिने उनले बताए ।
Facebook Comments Box