Author: महेन्द्रनगर पोष्ट

काठमाडौं :  रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका रुसको मस्कोस्थित नेपाली दूतावासले बताएको छ । रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको छ । रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ ।

Read More

डडेल्धुराः कार्यालयको अनुमति नलिई बिदा बस्ने कर्मचारीको तलब काट्ने भएको छ। जिल्लाको आलिताल गाउँपालिकाले एक सूचना जारी गर्दै अनुमती नलिई बिदामा बस्ने कर्मचारीको तलब कटौती गर्ने भएको हो। अत्यावश्यक काम बाहेक अनुमति नलिई बिदा बसेमा तलब काट्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता बिरबहादुर बोहराले बताए। गाउँपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले बिदामा बस्नुपरे अनिवार्य रुपमा बिदा स्वीकृत गर्नुपर्ने र बिदा स्वीकृत नै नगरी अनुमती बिना बसेको पाईए बिदा अवधिको निजले पाउने पारिश्रमिक अनुसार कटौती गरिने उनले बताए ।

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मंगलबार मुद्दा दायर गरेका हुन । सामाजिक सञ्जालमा मुद्दा दर्तापछि फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्,‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन । तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए-देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा…

Read More

काठमाडाैं : नेपाली सेनाका १५ जना जर्नेलको सरुवा भएको छ । गत बिहीबारदेखि लागू हुनेगरी १५ जनाको सरुवा भएको हो । उपरथी योगराज शर्मालाई व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख बनाइएको छ । उनी यसअघि निरीक्षणाधिकृत विभागबाट सोही विभागमा काजमा थिए । सहायक रथी प्रकाश देउजालाई युद्धकार्य निर्देशनालयबाट पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वार्टरमा सरुवा गरेर सैनिक सामग्री प्राप्ती निर्देशनालयमा काज लगिएको छ । यस्तै कृष्णबहादुर जिसीलाई मध्य पश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सैनिक ब्याटल स्कूलको शिक्षाधिकृतमा, सन्तोषराज पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको निर्देशक र पदमबहादुर बुढालाई नेपाली सैनिक ब्याटल स्कूलबाट नम्बर १५, बाहिनी अड्डामा…

Read More

काठमाडौं : गाजापट्टीमा इजरायली हमलाका कारण मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै, ५६ हजार ४५१ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएका बताए । यसैबीच, पूर्वएन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल–अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्यगाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Read More

कैलाली : कैलालीको टीकापुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । टीकापुर नगरपालिका–९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित टीकापुर–२ का १७ वर्षीय किशोर सोमबार साँझ पक्राउ परेका हुन् । किशोरले प्रयोग गरेको मोटरसाईकलको हेल्मेटभित्र लुकाई राखेको लागुऔषध फेला पारी मोटरसाईकल र किशोरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडाैं- गत शुक्रबार ललितपुरको बालकुमारीमा मारिएका दैलेखका सुजन राउतको शव पोष्टमार्टम गरिएको छ । गए राति पाटन अस्पतालमा शव पोष्टमार्टम भएको हो । आज उनको शव सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिने भएको छ । शवलाई सुर्खेतबाट सेनाको अर्को हेलिकोप्टरमा राखेर मृतकको घर दैलेखमा आजै दिउँसो लगिने जानकारी दिइएको छ । शुक्रबार मारिएका दुई जना युवकको परिवारसँग सहमति भएपछि सरकारले शव बुझाउन आवश्यक प्रक्रिया थालेको छ।

Read More

काठमाडौं : सरकारले माघ ११ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । यसैगरी पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । सोही निर्वाचनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ । जिल्ला तहबाट सिफारिस भई आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन…

Read More

धनगढी : कैलालीको धनगढीमा रहेको एक पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ। धनगढी उपमहानगरपालिका–१ शान्तिनगर स्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा बिद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागी हुँदा खाद्यान्न, किराना सामान तथा पेय पदार्थ साथै पसल भित्र पार्किङ गरिराखेको स्कुटि समेतमा आगलागी हुँदा अन्दाजी २० लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Read More

कैलाली : कैलालीको अत्तरियामा रहेको एक पसलमा सोमबार साँझ आगलागी भएको छ। गोदावरी नगरपालिका–१ भरतपुर टोलस्थित रामजानकी मन्दिरको गेट नजिकैको जयश्री वेद जनरल स्टोरमा विद्युत् सर्ट भई आगलागी भएको हो। सञ्चालकले बन्द गरेर घर गइसकेका अवस्थामा पसलमा आगलागी भएको थियो। आगलागी भएको देखेपछि सटरको ताल्चा तोडेर स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Read More