काठमाडौं : गाजापट्टीमा इजरायली हमलाका कारण मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै, ५६ हजार ४५१ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएका बताए ।
यसैबीच, पूर्वएन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल–अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्यगाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
Facebook Comments Box