Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ।  भैरहवामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो। कर्णालीका लागि दिवान पुनले सबैभन्दा बढी ३८ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भयो। बलिङमा सुदुरका शेर मल्लले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिए। विकास आग्रीले २ विकेट लिए भने नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले १-१ विकेट लिए। त्यसअघि सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरे। टस जितेको कर्णालीले…

Read More

काठमाडौं : सुजन थपलियाको शतकका बावजुद कोशी प्रदेशमाथि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हात पारेको छ। जारी प्रतियोगितामा यो पुलिसको लगातार दोस्रो जित हो भने कोशी लगातार तीन खेलमा पराजित भयो। कीर्तिपुरस्थित त्रिवि मैदानमा पुलिसले कोशीमाथि ७ विकेटको जित निकालेको हो। कोशीले दिएको १६७ रनको लक्ष्य पुलिसले ३ विकेटको क्षतिमा २३.१ ओभरमै पूरा गर्‍यो। पुलिसका लागि अर्जुन साउदले नटआउट ६२ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३८ रन जोडे। कुशल भुर्तेल १२, सुनील धमला १६ रन र दिलीप नाथ ३१ रन बनाएर आउट भएका थिए। बलिङमा कोशीका कमल खत्रीले २ विकेट लिए। त्यसअघि कोशीका लागि सुजन…

Read More

काठमाडौं : रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए। रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए। उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए। जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए।

Read More

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो। ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। यसबारे विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ। यस्तो छ सूचना:

Read More

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन्। देउवाको पारिवारिक स्रोतका अनुसार यही माघ २१ गते जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका हुन्। छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन्। प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए। बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेकाे देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टि गरे। बुढानीलकण्ठ निवासबाटै इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्। काठमाडौँमा गत जेठ १ मा दुई परिवार र…

Read More

काठमाडौं : आइसिसी यू–१९ विश्वकपको लागि दक्षिण अफ्रिकामा रहेको नेपालले आज अन्तिम वार्मअप खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ। नेपाल र वेस्टइन्डिजबीचको खेल दक्षिण अफ्रिकाको जोहननेसबर्गमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ मा सुरु हुनेछ। नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो।

Read More

कञ्चनपुर : वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएका कञ्चनपुरका सामुदायिक वनमा ढलापडा रुख सङ्कलन गरिने भएको छ। कार्यविधि खारेज भएसँगै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएका जिल्लाका १२ सामुदायिक वनले तीन वर्षदेखि वनपैदावार सङ्कलन गर्न पाएका थिएनन्। सामुदायिक वनबाट काठ, दाउरा सङ्कलन तथा व्यवस्थापन गर्न पाउने गरी सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीतिग निर्णय गरेको छ। नीति गत निर्णय कार्यान्वयनका लागि निर्णय भएको मन्त्रालयको पत्रको प्रतिलिपि सामुदायिक वनहरु पठाइसकिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त डिभिजन प्रमुख कालिराम चौधरीले बताए। उनका अनुसार नीतिगत निर्णय अनुसार मापदण्ड पूरा भएका वैज्ञानिक वन व्यवस्थापन वन कार्यक्रम लागू भएका सामुदायिक वनमा काठ…

Read More

डोटी: बँदेलको आक्रणबाट गम्भीर घाइते भएकी डोटीको केआईसिंह गाउँपालिका– १ की ३५ वर्षीया जगुली देवी भूलको मुत्यु भएको छ। जङ्गली बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारका क्रममा मृत्यु भएको हो। मङ्गलवार बिहान बँदेलले आक्रमण गर्दा घाइते भएकी जगुलीको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा दिउँसो साढे १२ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए। आज बिहान करिब ९ बजेतिर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए। भगीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका तीन ब्याटरले एकै खेलमा अर्धशतक प्रहार गरेका छन्। भैरहवामा मंगलबार कर्णाली प्रदेशविरूद्ध सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरेका हुन्। टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरबीच पहिलो विकेटका लागि १३८ रनको साझेदारी भएको थियो। जसमा टेकले ५९ रन बनाउने क्रममा ९१ बलमा ७ चौका प्रहार गरे। खडकले ११४ बलमा ६ चौका प्रहार गर्दै ८० रनको योगदान गरे। यस्तै मध्यक्रमका ब्याट्सम्यान किरणले रनआउट हुनुअघि ५० रन जोडे। तीन खेलाडीको अर्धशतक तथा नारायण जोशीले १२ बलमा १ चौका ३ छक्काको मद्दतमा नटआउट ३१…

Read More

काठमाडौँ: ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा एलओडी पुनस् परेको हो। म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ। स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ। एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ। त्यसपश्चात बेलायतको झण्डामा क्लिक गर्नुपर्छ। मत गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ। डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक…

Read More