धनगढी: कैलालीमा लडेर एकजनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको चुरे गाउँपालिका वडा न.०५ बस्ने राम धामीको छोरा अन्दाजी १७ वर्षीय अनिल धामीको लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले धामीको सोही क्षेत्रस्थित राष्ट्रिय बनको अम्रेनि भीर भन्ने ठाँउमा लडेर मृत्यु भएको जानकारी दिए। मृतक बाख्रा चराउन गएकोमा अचानक भीरबाट लडेको बताइएको छ।
यस्तै आजै उता भजनीमा भने थ्रेसरमा परेर एक महिला घाइते भएकी छन्। भजनी नगरपालिका ०९ पहलवान बस्ने २२ वर्षीया सुस्मा चौधरी आफ्नै घर पछाडी खेतमा धान थ्रेसरमा लगाउने क्रममा दोपट्टा बेरिएर घाइते भएकी हुन्।
अहिले उनको भजनीमै उपचार जारी छ।
Facebook Comments Box