Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको शहरी जनसंख्या ४.५७ प्रतिशत मात्र रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राष्ट्रिय जनगणना २०७८ को जनसंख्यालाई मुख्य आधार मानी नेपालको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण कार्य सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो। यस प्रतिवेदन अनुसार नेपालमा शहरी, शहरोन्मुख र ग्रामीण श्रेणीमा क्रमशः २७.०७ %, ३९.७५ % र ३३.१९ % जनसंख्या बसोबास गर्छन्। विगतमा नगरपालिकाको जनसंख्यालाई शहरी जनसंख्याको रूपमा परिभाषित गरिँदै आएको थियोे, जुन ६६% रहेको थियो। नेपालको सबै स्थानीय तहका वडागत विश्लेषण गर्दा शहरी, शहरोन्मुख र ग्रामीण श्रेणीमा क्रमशः ९६२, २०९६ र ३६८५ वडाहरु परेका छन्। सोही…

Read More

धनगढी : नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले लगाएको ८ करोड रुपैयाँ बराबरको तामाजन्य कवाडीको ठेक्कामा लफडा भएको छ । प्रादेशिक कार्यालयले मिलेमतो (सेटिङ) मा ठेक्का दिएर सम्झौता विपरीत कवाड पैठारी गरिरहेको भन्दै विवाद भएको छ । नेपाल टेलिकमसँग सम्झौता गरेर प्रदेशका ९ वटै जिल्लाबाट तामाजन्य कवाड उठाइरहेका काठमाडौँको बीएनएस कन्सट्रक्सनले मिलेमतोमा सम्झौता विपरीत कवाडको तौल नगरेर पैठारी गर्ने गरेको भन्दै केही दिनदेखि विवाद चलिरहेको छ । विवादीत बनेको बीएनएस कन्सट्रक्सनले कवाड बोकेर लगिरहेको अवस्थामा कैलालीको गेटामा स्थानीयले ट्रक रोकिदिएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक रबिन्द्र कठायतले नेपाल टेलिकमबाट तौल नगरेर बढि तामाजन्य सामान लगेको भन्दै…

Read More

डोटी : भालुको आक्रमणबाट डोटीमा दुई जना गम्भीर घाइते भएका छन । जिल्लाको आदर्श गाउपालीका ४ को रोडीगं भन्ने ठाउँमा बर्ष ५६ की गौरी देबि भाट र बर्ष ५० का जंङ्गी भाटको आज दिउँसो १ बजे तिर भालुले आक्रमणम गरी गम्भीर घाईते बनाएको आदर्श गाउपालीका ४ का अध्यक्ष खगेन्द्र ओझाले बताए । आइतबार दिउँसो आफ्नै घर नजीकै घाँस काटीरहेका बेला एक्कासी उनीहरुलाई भालुले आक्रमण गरेको वडा अध्यक्ष ओझाले बताए । भालुको आक्रमणबाट घाइते भएका दुबै जनालाइ डोटीमा सामान्य उपचारपछी थप उपचारका लागी धनगढी रेफर गरीएको वडा अध्यक्ष ओझाले जानकारी दीए । गम्भीर घाईते गौरी देबि भाटको आँखा छातीमा गहिरो चोट…

Read More

धनगढी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।आइतबार समूह चरणका खेल सम्पन्न भएसंगै फाइनल पुग्ने खेलको टुंगो लागेको हो । समान तीन खेल जितेको बैतडी अंकतालिकाको शिर्ष र कैलाली दोस्रो स्थानमा रहदै फाइनल पुगेका छन् । आज सम्पन्न खेलमा बैतडीलाई १० रनले हराउदै कैलाली फाइनलमा पुग्यो ।यसअघि समान तीन खेल जितेको कञ्चनपुर भने नेट रनरेटमा पछि रहदै फाइनल होडबाट बाहिरिएको स्कोरर नरेन्द्र भट्टले जानकारी दिए ।जितका लागि पाएको २०१ रनको लक्ष्य पछ्याएको बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा १९० रन मात्रैबनाउन सक्यो । जसमा ओपनर खडक बोहराले शतकीय पारी…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट प्रहरीले साढे तीन लाख बढिका अवैध सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर र वडा नम्बर ३ भन्सार कार्यालय क्षेत्रबाट तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालयबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो । त्रिनगरबाट ६४ हजार सात सय मूल्यका गाडीका विभिन्न पाटपुर्जासहित एक जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–६ का ३९ वर्षीय शेरबहादुर खयाडत पक्राउ परेका हुन् । शनिवार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । भन्सार छलीका सामानसहित शेरबहादुरलाई कैलाली भन्सार कार्यालयको जिम्मा लगाइएको छ । यतै, कैलाली भन्सार कार्यालय क्षेत्रबाट ४८ हजार ६०…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशभाका विषयगत समितिका सभापतिको निर्वाचन अगामी २५ पुसमा हुने भएको छ । प्रदेशसभा सचिवालयले आइतबार विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले २५ गते दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर निर्वाचन परिणाम घोषणा गर्ने कार्यसूची रहेको जारी सूचनामा उल्लेख गरिएको छ । २४ गते प्रदेशसभा सदस्यहरुको नामावली प्रकाशन, मतदाता नामावली उपर दाबी विरोध, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता लगायतको काम हुनेछ भने २५गते उम्मेदवा उपर दाबी विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशसभाको गठन भएको एक वर्ष बित्दा समेत प्रदेशसभाका…

Read More

धनगढी : दार्चुलामा एक युवती मृत फेला परेकी छन् । जिल्लाको महाकाली नगरपालिका–२ मैखोलीकी २० वर्षीया निर्मला सितोली आइतवार दिउँसोतिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घर नजिकैको पोलिहाउसको डण्डीमा झुण्डिएको अवस्थामा सितोली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । सितोलीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : सत्तारुढ नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टको पद धरापमा देखीएको छ। उनीविरुद्ध बहुमत सांसदहरूले मोर्चाबन्दी गरेपछि दलका नेता भट्टको पद धरापमा पर्न लागेको हो। संसदीय दलका नेता भट्टसहित प्रदेश सरकारमा पठाएका मन्त्रीले कामकाज गर्न नसकेको भन्दै माओवादी सुदूरपश्चिममा किचलो बढ्दै गएको हो । नेता भट्ट सहित मन्त्रीहरु प्रति बहुमत सांसदहरू असन्तुष्ट बनेका छन्। रुष्ट सांसदहरूले मन्त्री फेर्न डेलिगेसन लिएर शीर्ष नेतृत्व गुहारेका छन्। बहुमत सांसद मन्त्री फेर्ने कसरतमा जुटेपछि खैलाबैला मच्चिएको छ। माओवादीबाट सांसद जितेर सुदूरपश्चिम प्रदेश सभाको सभामुख बनेका भीमबहादुर भण्डारी नै मन्त्री फेर्न लबिङमा छन्। आफ्ना मन्त्री र संसदीय दलका नेता खगराज…

Read More

डडेल्धुरा :  गत मंसिर ३० गते डडेल्धुरा सदरमुकाममा   आगलागी भएको स्थलको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अनुगमन गरेका छन्। आज (आइतबार ) मुख्यमन्त्री शाहले आगलागी भएको पसलको अनुगमन गरेका हुन्। उनी यसअघि डडेल्धुरा हुँदै अन्य पहाडी जिल्ला गएपनि २३ दिनपछि मात्रै आगलागी भएको स्थलको अनुगमन गर्न पुगेका हुन्। अनुगमनका क्रममा उनले पीडितलाई क्षतिपूर्ति दिलाउन सहयोग गर्ने आश्वासन दिएका थिए। मुख्यमन्त्रीले क्षतिको विवरण समेत टिपेर लगेका थिए। डडेल्धुरामा गत मंसिर ३० गते राति भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भई सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ…

Read More

डडेल्धुरा: डडेल्धुरामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको एक सय ८० लिटर अवैध घरेलु आइतबार दिउँसो नष्ट गरेको हो। शनिबार साँझ ७ बजेतिर जिल्ला सदरमुकामस्थित बगरकोट रोडमा पसल गरी बस्ने शान्ति मगर र सोही ठाउँका बलदेव जोराको पसलबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। उनका अनुसार शान्तिको पसलबाट १७५ लिटर र जोराको पसलबाट ५ लिटर घरेलु मदिरा बरामद गरिएको हो। आइतबार दिउँसो स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवर उक्त मदिरा नष्ट गरिएको इन्स्पेक्टर नायकले बताए। पछिल्लो समय प्रहरीले जिल्लाभर अवैध घरेलु मदिरा नष्ट गर्ने…

Read More