Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो। न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो। सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस भएको थियो।

Read More

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले द्रुत मार्गको काम द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले उक्त जानकारी गराएका हुन्। कोभिड १९, खोकनामा जग्गा खरिद प्रक्रिया हुन नसकेको लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि अहिले कामले गति लिएको उनको भनाइ थियो। ८९ वटा पुलमध्ये ७२ वटा पुलको ठेक्का भैसकेको र बाँकी ठेक्का प्रक्रियामा रहेको जानकारी शर्माले दिए। वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्वीकृतका लागि बन मन्त्रालयमा दुई वटा प्रतिवेदन पेस भएको उनको भनाइ छ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी हवल्दार भएर आफूलाई पत्रकार भन्दै हिँड्ने एक जनाको जागिर चैट भएको छ। रौतहटका सशस्त्र प्रहरी हवल्दार गगनदेव साहविरुद्ध ठोस प्रमाण जुटेपछि अघिल्लो हप्ता उनको जागिर चैट भएको हो। साह आफूलाई पत्रकार भन्दै लेख्ने–लेखाउने गर्दै आएका थिए। उनीविरुद्धयसअघि मौखिक उजुरी परे पनि ठोस प्रमाण अभावमा कुनै कारबाही भएको थिएन्। तर, पछिल्लो समय नव जनप्रहार साप्ताहिकका सम्पादक विष्णु घिमिरेले साहलाई सम्वाददाता बनाई पत्रकारिता गर्न अख्तियारी दिएको पाइएपछि अभियोग सिद्ध भएको बुझिएको छ। सशस्त्र प्रहरीको कानुन महाशाखाले छानबिनको क्रममा सो प्रमाण जुटाएको थियो।नक्कली पत्रकार साहले सीमावर्ती क्षेत्रमा गएर तस्करसँग पत्रकार बनी थर्काउने, धम्क्याउने, पैसा कुम्ल्याउने गरेका थिए। विभागभित्रै मेरो…

Read More

धनगढीः कैलालीमा सुधार केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीको फूलबारीमा सुधार केन्द्र सञ्चालनमा ल्याउन लागेको हो। मदिरा र लागुऔषधको दुर्व्यसनीमा फसेका व्यक्तिलाई सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीको फूलबारीमा सुधार केन्द्र सञ्चालन गर्न लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए। उनका अनुसार दुई सयजना दुर्व्यसनीलाई राख्न मिल्ने क्षमताको आसरा सुधार केन्द्र केही दिनमै सञ्चालनमा आउन लागेको छ। तत्काल ५० जना दुव्र्यसनी राखेर सुधार केन्द्र सुरुवात गरिनेछ। जसका लागि धनगढी उपमहानगरपालिकाले प्रदेश प्रहरी कार्यालयलाई एक बिघा १८ कट्ठा जग्गा र भवन उपलब्ध गराएको छ। प्रहरी महानिरीक्षकबाट सुधार केन्द्रको उद्घाटन गराउने तयारी…

Read More

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ तोलाको एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो। यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौं : नवलपुरमा बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन्। सदरमुकाम कावासोती नगरपालिका–१० मगरकोटका ४० वर्षीय पुरुषसँग् १६ वर्षीया बालिकाको जबरजस्ती विवाह गराइएको बताइएको छ। उक्त आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेको नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुलुकी फौजदारी अपराध संहित २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ। उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ।

Read More

काठमाडौं : बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ। २७ जना घाइते भएका छन्। काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। ज्यान गुमाउनेहरुमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षका पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष रहेका उनले बताए।्् घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटौँडा तथा चितवन मेडिकल…

Read More

बैतडी : बैतडीका आठ वटा स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गरिएको छ। गत आर्थिक वर्षमा जिल्लाभरीका ५ पालिकाका ८ स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। विभिन्न सूचकहरु पूरा गरेपछि स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गर्ने गरिएको छ। जिल्लाको दशरथचन्द नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्थाहरुलाई गत बर्ष पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए। वडा नम्बर ७ स्थित सुरकाल आधारभूत स्वास्थ्य केन्द्र, दशरथ चन्द स्वास्थ्यचौकी र त्रिपुरासुन्दरी स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको छ। यस्तै शिवनाथ गाउँपालिकाको उदयदेव स्वास्थ्यचौकी र श्रीपुर सामुदायिक आधारभूत स्वास्थ्य केन्द्रलाई पोषणमैत्री घोषणा गरिएको छ। यसैगरी सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी, पाटन नगरपालिकाको सकार स्वास्थ्यचौकी र…

Read More

काठमाडौं : कोलोराडो सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाएको छ। आगामी चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको हो। ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएको अदालतको भनाइ छ। तर, यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउनेछन्। यसअघि अरु राज्यहरुमा ट्रम्पलाई चुनावी दौडबाट निकाल्ने प्रयासहरु असफल भएका थिए।सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उनी चुनावमा भाग लिन नपाउने कोलोराडोको सर्वोच्च अदालतको निर्णयमा भनिएको छ। अमेरिकामा यसै हप्ता भएका सर्वेक्षणहरुले आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति जो वाइडेनभन्दा…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–३ ठेकीपुल नजिक भित्री सडक खण्डबाट ६ ग्राम ७५ मिलिग्राम खैरो हेरोइनसहित भजनी नगरपालिका–१ बस्ने २९ वर्षीय कुमाल मंगलवार पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कुमालको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। उनले प्रयोग गरेको मोटरसाइकल एक थानसहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

Read More