Author: महेन्द्रनगर पोष्ट

नवलपुर : कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ। गण्डकी सरकारको गौरवको योजनाअन्तर्गत गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरंग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै ठेकेदारले काम ठप्प पारेका हुन्। निर्माण कम्पनीले आफ्नो करिब ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ। कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी भएको बताए। ‘बुलिङटार–३ का वीष्णुवीर जर्घाले मेरो सामान  लैजानुभएको हो। सामान लैजाँदै गर्दा उहाँको ट्याक्टर दुर्घटनामा परेर मानिससमेत मरेका छन्,’ उनले भने, ‘बुलिङटारमा निर्माणाधीन संरचनामा उहाँसँग सहकार्य गरेर करिब ११ लाखको काम गर्दा एक लाख ७० हजार रुपैयाँ रकम मैले तिर्न…

Read More

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ। यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने छ।

Read More

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन । योगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका हुन्। उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्य रहेका छन्। त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका…

Read More

डोटी : नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। हिजो डोटीको सिलगढीमा नेकपा (एकीकृत समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा ठूलो परिवर्तन आउने बताए। उनले भने ‘धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशको विकासले ठूलो फड्को मार्नेछ। यो नेपाल, भारत र चीन जोड्ने मार्ग भएकाले पनि यसको निर्माणमा प्राथमिकता दिन अति जरुरी छ।’ डोटीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद आलेले यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबैभन्दा छोटो दूरीको रहेकाले…

Read More

कैलाली : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-२ साडेपानी स्थित पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१००९ प.४६१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमवार साँझ दुर्घटना हुँदा पछाडी सवार बर्दगोरिया गाउँपालिका-५ का २१ वर्षीय कालु विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाउकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप विकको सोही अस्पतालमा उपचार भईरहेको छ।

Read More

धनगढी : आगामी फागुन ४ गते एसपीए टेक फेस्ट ०.१ हुने भएको छ । एसपीए कलेजको रोबोटिक्स क्लबद्वारा आयोजित प्रतियोगिता सुदूरपश्चिम प्रदेशस्तरीय हुनेछ । टेक फेस्टमा रोबो रेस, रोबो सकर, रोबो फाइट, विज्ञान प्रदर्शनी, फुडस्टलहरु, नाटक, साइन्स क्विजलगायत संगीत तथा मनोरञ्जनात्मक प्रस्तुति हुने हुने एसपीए रोबोटिक्स क्लबका अध्यक्ष जनुल अल जफर सिद्धिकीले बताए । रोबो रेसमा कक्षा १२ सम्मका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त रेसमा प्रथम हुनेले ३ हजार, दोस्रो हुनेले २ हजार तथा तेस्रो हुनेले एक हजार पुरस्कार पाउनेछन् । यस्तै रोबो सकरमा स्नातक सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । यसको विजेताले ५ हजार र उपविजेताले दुई हजार…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।  साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ। सार्वजनिक गरेको लिजाको नतिजामा बित्थडचिरले अघिल्लो आर्थीक बर्षभन्दा सुधार गरेको छ । सुचना अधिकारी रमेशबहादुर बिष्टका अनुसार उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि लिजामा ६०.२५ प्रतिशत अंक ल्याएको छ। गाउँपालिकाले अघिल्लो आव ०७८/७९ मा ४४.२५ प्रतिशत अंक प्राप्त गरेको थियो। ‘अघिल्लो आर्थीक बर्षको तथ्यांक हेर्दा सुधार देखियो’, बिष्टले भने। काम गर्दै जाने हो सुचकहरुमा सुधार हुदै जान्छ ।’ निर्धारित समयमै इन्ट्र गर्दा सबैभन्दा अगाडि लिजा सार्वजनिक भएको उनले सुनाए । विभिन्न १० वटा विषय क्षेत्रका १०० वटा सुचकका आधारमा स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको उनले…

Read More

धनगढी : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रमुख डा. क्षतिज श्रेष्ठ आफ्नै कार्यालय परिषरमा कुटिएका छन् । आफ्नै कार्यकक्षमा रहेका श्रेष्ठलाई ४ जनाको समूहले आइतबार कार्यकक्षमै कुटपिट गरेको हो । विगत १८ वर्षदेखि कार्यलयमा कार्यरत कार्यालय सहयोगी शोभा पोडेको करार नवीकरणको विषयमा विवाद हुँदा कार्यालय प्रमुख श्रेष्ठमाथि कुटपिट भएको हो । १८ वर्षबाट नियमित काम गरेकी पोडेलाई श्रेष्ठले नवीकरण गर्न नमानेपछि उनको श्रीमान सहितको टोलीले कुटपिट गरेका हुन् । कुटपिटपछि प्रमुख श्रेष्ठले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उनको उजुरीको आधारमा प्रहरीले शोभाको श्रीमान रमेश पोडेलाई पक्राउ गरि थप आक्रमणकारीलाई खोजिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता…

Read More