Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० दिपाघाँटबाट १ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षीय प्रकाश महरासहित दुई जना बिहीवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको जनाएको छ। यस्तै भीमदत्त नगरपालिका-४ सब्जिमण्डीबाट ०.१० ग्राम लागूऔषधसहित सोहि ठाउँ बस्ने १९ वर्षीय अनुराग तोकेसहित दुई जना बिहिवार साँझ पक्राउ परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

Read More

दार्चुला : दार्चुलामा बस दुर्घटना  भएको छ। दार्चुलाबाट  महेन्द्रनगरका लागि छुटेको  बस आज बिहान दुर्घटनामा परेको हो। महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुप प्र ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका- ५  फोहोर सङ्कलन केन्द्र खेट्टेवगरमा दुर्घटना परेको बताइएको  छ।  दुर्घटना परी चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घाइतेहरुको विवरण तथा दुर्घटनाको कारण खुलेको छैन।

Read More

बझाङ : पारू गिरीको फोनमा नेटवर्कले काम नगरेको एक साता भएको थियो। प्रत्येक रात डरलाग्दो सपनाका आउन थालेपछि उनी राम्ररी निदाउन समेत सकेकी थिइनन्। छोराबुहारीको हालखबर बुझ्न गाउँमा अरू कसैको मोबाइमा पनि नेटवर्क थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो। आफ्ना वरिपरि रहेकालाई आफ्नो बेचैनीबारे सुनाउँदै थिइन् पारू। पारू छबिसपोखरी गाउँपालिका-१ परिङालमा दुई नातिलाई लिएर बसेकी छन्। छोराबुहारी रोजगारीका लागि भारतको बैङ्लोर गएका रहेछन्। बेलाबेला उनीहरूको चिन्ताले पारू बेचैन बन्छिन् र वरिपरिकालाई सुनाउँछिन्। ‘हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो। लेखान्तमा…

Read More

काठमाडौं : नेपाल प्रहरीका प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापना गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा रिक्त रहेको बरिष्ठ हवल्दारका लागि ८२६ जना हवल्दारहरुलाई बढुवा तथा पदस्थापन गरेको हो । सूचीः यहाँ क्लिक गर्नुस् Download

Read More

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। आज दिउँसो  कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च…

Read More

धनगढी : टीकापुर नगरपालिकामा नगर प्रमुख रामलाल डगौरा थारुले स्वेच्छाचारी निर्णय गरेको भन्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले विरोध जनाएका छन् । टीकापुरमा स्थानीय सरकार सञ्चालन ऐन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र र टीकापुर नगरपालिकाद्धारा जारी ‘टीकापुर नगरपालिकामा करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५’ को ठाडो उल्लङ्घन गर्दै १८ जना कर्मचारी भर्ना गरेको विषय केही दिन अघि नेपाल प्रेसले सम्प्रेषण गरेको थियो । आज उपमेयर सहितका बहुमत कार्यपालिका सदस्यले त्यस बिषयमा पत्रकार सम्मेलनै गरेर साझा धारणा सार्वजनिक गरेका छन् । ‘मिति २०८० पौष २१ गते बोलाइएको कार्यपालिका बैठकमा प्रस्तुत हुने विषय सूची हामी कार्यपालिका सदस्यलाई पौष २०…

Read More

धनगढी/ जनचेतनाको कमीका कारण नेपालमा अझै पनि असुरक्षित गर्भपतन गर्ने दर धेरै रहेकोले त्यसको न्युनीकरणका लागि सञ्चारमाध्यामले समेत भूमिका खेल्नु पर्ने यहाँ औल्याइएको छ । बिहीबार धनगढीमा स्वास्थ्य लाइभ भिडियाद्धारा आयोजित सुरक्षित गर्भपतन सम्वन्धी सञ्चारकर्मीसंगको अन्तरक्रियामा बोल्दै स्वास्थ्य क्षेत्रका अगुवाहरुले सो कुरा बताएका हुन । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले नेपालमा ५३ प्रतिशत अनिच्छित गर्भ रहने गरेकोमा ५२ प्रतिशत असुरक्षित गर्भपतन भइरहेको बताए । उनले पाँच प्रतिशत महिलाको असुरक्षित गर्भपतनकै कारण ज्यान जाने गरेको बताए । स्त्रीरोग विषेशज्ञ डा. गणेशबहादुर सिंहले वच्चा नचाहिने अवस्थामा अस्थायी साधनको प्रयोग गरेमा अनिच्छित गर्भ नबस्ने बताउदै…

Read More

धनगढी : धनगढीबाट लागुऔषध ब्राउनसुगरसहित ५ युवक पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटीको टोलीले धनगढी उपमहानगरपालिका-७ बाट झण्डै ७ ग्राम ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का २४ बर्षीया राज चौधरी, पुर्नवास नगरपालिका १ बस्ने २१ बर्षीया हरिलाल राना, सोही ठाँउका ३१ बर्षीया कनैया राना, १८ बर्षीया अर्जुन राना र बेलौरी ७ का अविसेन राना रहेका छन् । उनिहरुलाई चेकजाँच गर्दा खल्तीबाट ६ ग्राम ८७ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको रूष्टता सरकारप्रति बढ्दै गएपछि प्रदेश सभा बैठक भोलि बस्दैछ । पुस अन्तिममा बसेको मन्त्रीपरिषदको बैठकले भोली प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुख देवराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुखद्धारा २ गते जारी पत्रमा भोलि दिउसो २ बजे बैठक बस्दै छ । प्रदेश सभामा कुनै ऐन दर्ता नभएको हुँदा प्रदेश प्रमुखले पठाएको पत्र पढ्ने र शुभकामना मन्तव्य व्यक्त गरिने छ । प्रदेश सभालाई चलायमान बनाउन आज बसेको मन्त्रीपरिषदको बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धि एन सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सचिवालयका अनुसार विस्तृत निर्णय आउन सकेको छैन् । चार विषयगत…

Read More

धनगढी : जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने कल्पना समेत थिएन्, छाया जैशीलाई । तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ । त्यस्तै भयो छाया जैशीको जीवनमा पनि । उनले १० महिनाको अवधीमा ६ वटा लोकसेवा आयोगका लिखित परीक्षा पास गरिन् । यसरी एकपछि अर्को सफलता मिल्ने कुरा उनले सोचेकी पनि थिइनन् । पढाइ राम्रै थियो । मेहनत त्यो भन्दा बढी नै गर्थीन् । तर जहाँ परीक्षा दियो, त्यहीँ पास हुन्छु भन्ने लागेकै थिएन्, स्वयम जैशीले बताउँछिन् । संघर्षको फल मिलेकोमा भने उनी सन्तुष्ट छन् । २०८० को बैशाख…

Read More