कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।
बेलौरी नगरपालिका-१० दिपाघाँटबाट १ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षीय प्रकाश महरासहित दुई जना बिहीवार साँझ पक्राउ परेका हुन्।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको जनाएको छ।
यस्तै भीमदत्त नगरपालिका-४ सब्जिमण्डीबाट ०.१० ग्राम लागूऔषधसहित सोहि ठाउँ बस्ने १९ वर्षीय अनुराग तोकेसहित दुई जना बिहिवार साँझ पक्राउ परेका छन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Facebook Comments Box