Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : संविधान दिवसको दिन कैद सजाय मिनाहा पाएर छुटेका व्यक्ति चोरी आरोपमा फेरि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दोलखा घर भई भक्तपुरको निकोसेरा बस्ने रघुनाथ बस्नेतलाई पक्राउ गरेको हो। उनलाई भक्तपुरबाट पक्राउ गरेको एसएसपी शेखर खनालले जानकारी दिए। उनले ललितपुरका विभिन्न ठाउँमा चोरी गरेको आरोप छ। उनले कात्तिक १५ गते सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ। भनिमण्‍डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो। यसैगरी, मंसिर १७ गते ललितपुर…

Read More

काठमाडौं : इरानले पाकिस्तानको बलुचिस्तानमा मिसाइल र ड्रोन हमला गरेपछि गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ । चरमपन्थी संगठन जैश अल अद्लको शिविर भन्दै इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानले गरेको आक्रमण परेर २ बालकको मृत्यु भएको पाकिस्तान सरकारले बताएको छ । इरानले आक्रमणलाई पाकिस्तानले आफ्नो संप्रभुताको उल्लंघन भन्दै यो आक्रमण अस्वीकार्य रहेको बताएको छ । ‘बिना कारण हाम्रो हवाइ क्षेत्रको उल्लंघन गर्ने र हाम्रो देशमा हमला गर्ने कामको हामी निन्दा गर्छौं,’ पाकिस्तानले चेतावनी दिँदै इरानलाई भनेको छ,’यो पाकिस्तानी संप्रभुताको उल्लंघन हो र यसको परिणाम गम्भीर हुन सक्छ ।’ पाकिस्तानले हमलाको विरोधमा तेहरानमा…

Read More

धनगढीः काठमाण्डौँबाट धनगढीका लागि उडेको श्री एयरको विमान नेपालगञ्जमा अवतरण गरेको छ। धनगढीमा मौसम खराबी भएका कारण विमान फर्किको हो।धनगढी विमानस्थल कार्यालयका अनुसार बुधवार दिउसो साढे १ बजे काठमाण्डौँबाट उठेको विमान साढे २ घण्टा आकाशमा होल्ड भएको यात्रुहरुको गुनासो छ। धनगढीको मौसम नखुलेपछि विमान नेपालगञ्जमा अवतरण भएको हो। धनगढीमा रहेको मौसम खराबीका कारण विमान अवतरणमा समस्या हुने गरेको छ। धनगढी विमानस्थल कार्यालयका अनुसार श्री एयर र बुद्ध एयरको एक/एक विमान भने धनगढी विमानस्थलमा अवतरण भएका छन्।

Read More

काठमाडौं : सहकारी ठगीको आरोप लागेका पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ। सर्वोच्च अदालतमा रिट हालेर रविको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले हिजो विभागमा उजुरी हालेका हुन्। उजुरीमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन समयमा एमडी रहेका रविमाथि आवश्यक छानविन र कारवाही गर्न माग गरिएको छ। सहकारीका बचतकर्ता बाहेक अरुलाई कर्जा लगानी गर्न नपाइने सहकारी नियमलाई कुल्चेर जीपी र रविले ऋण लिएको सञ्चार माध्यमबाट सार्वजनिक भएको उल्लेख गर्दै युवराजले तत्काल छानविनको दायारामा ल्याउन माग गरेका छन्। यी दुइले विभिन्न सहकारीबाट लिएको ५२ करोडको सावाँ–ब्याज फिर्ता गराउन माग…

Read More

काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक भर्खरै सकिएको छ। मन्त्रिपरिषद्ले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) कम्बोडिया जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो। मन्त्रिपरिषद्मा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतका अनुसार ग्रिन हाईड्रजन नीति पास गरेको छ।

Read More

काठमाडौं : सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए। अर्यालका अनुसार, राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ। पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको उनले बताए। यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन्।

Read More

काठमाडौं : काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो । काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरूले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताए। पक्राउ पर्नेहरूमा रामेछापका २८ वर्षीय मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६…

Read More

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन्। बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन्। २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारेका थिए। प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ मा देउवा बालुवाटारबाट धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा सरेका थिए। बालुवाटार छोड्दा बुढानीलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले उनी धुम्बाराहीमा भाडाको घरमा सरेका थिए। धुम्बाराहीमा १३ महिना बिताएर देउवा आज निजी निवास सरेको उनको सचिवालयले जनाएको छ।

Read More

बैतडी : बैतडीमा एक वृद्धा  बेपत्ता भएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका-३ डुङ्गरी बस्ने ६७ वर्षीया वृद्धा सरस्वती ऐर  तीन दिन  देखि  बेपत्ता भएकी हुन्। सोमबार बिहान घरबाट सरसफाइका लागि हिंडेका आमा अहिले सम्म सम्पर्क नआएका बेपत्ता वृद्धाका छोरा मोहन ऐरले जानकारी दिए । सम्पर्क विहिन आमाको खोजतलास गर्दा पनि अहिले सम्म फेला नपरेका उनले बताए। वृद्धा बेपत्ता भएपछि प्रहरीमा समेत खबर गरिएको परिवार स्रोतले जनाएको छ। बेपत्ता वृद्धाको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। वृद्धा ऐर तीन दिन देखि बेपत्ता भएपछि घरपरिवार चिन्तामा परेको छ। बेपत्ता ऐरलाई कहिँकतै कसैले भेटे नजिकको प्रहरी अथवा मोबाइल नम्बर ९८६६५०८०१०…

Read More

धनगढीः कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

Read More