Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ । नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो । यस्तै, आजै हुने अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । यो खेल पनि बिहान सवा ११ बजे हुनेछ । दुई खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ । अफगानिस्तानले भने दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।

Read More

कैलाली: कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो। सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ । 

Read More

बैतडी : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसंगै बैतडी शिर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बझाङलाई ६ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरलाई ३३ रनले पराजित गरेको छ । बैतडीले दिएको १३० रनको लक्ष्य पन्छाएको कञ्चनपुरले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा ९६ रन मात्रै जोड्न सक्यो । प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ । काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता…

Read More

काठमाडौं: एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको हो। सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’मा परेपछि रिटको पेशी आजलाई सरेको हो। सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दाठूलो भ्रष्टाचार भएको दाबी गरेका छन्। सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा  हुस्सु लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको…

Read More

कैलाली : कैलालीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । १३ बर्षिय एक बालकले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । २० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा आज जाहेरी दर्ता भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । स्वास्थय परीक्षण गरेर कानुनी प्रक्रिया अगाडी बढिरहेको उनले बताए ।

Read More

काठमाडौं : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीकी छोरी गंगा दाहालमाथि लगाइएको आरोपको छानबिन गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी दाहाललाई जोडेर लगाइका आरोपको छानबिन गर्नुपर्ने माग गरेको हो । प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण जनाएको विज्ञप्तिमा उल्लेख छ । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले जारी गरेको विज्ञप्तिमा छानबिनको दायरामा ल्याई दोषी ठहर भए उनीउपर कानूनबमोजिम कडाभन्दा कडा कारबाही प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । कार्यवाहक अध्यक्ष गोविन्द गिरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा…

Read More

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरूको विवरण एक हप्ताभित्र बुझाउन परिपत्र गरेको छ । सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् । मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलब भत्ता माग भइरहेको भन्दै त्यसै प्रयोजनका लागि विवरण माग गरेको बताएको छ । गत साउनदेखि कतिपय पालिकाहरूमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलब पाउन सकेका छैनन् । दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको परिपत्रमा…

Read More

काठमाडौं : नेपाल धितोपत्र बोर्डले विद्यमान १० कित्ते नीति पुनरावलोकन गर्न अध्ययन समिति बनाएको छ । गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले १० कित्ते नीति पुनरावलोकन गर्न समिति बनाउने निर्णय गरेको हो । बोर्डका प्रवक्ता मुक्तिनाथ प्रधानका अनुसार बोर्ड सदस्य तथा आईक्यानका उपाध्यक्ष प्रविन कुमार झाको संयोजकत्वमा समिति बनेको छ । समितिमा बोर्डका विज्ञ सदस्य भोलानाथ ढुंगानाका साथै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उप कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी रहेका छन् । समितिले दिएको प्रतिवेदनका आधारमा हाल आईपीओमा रहेको १० कित्ते नीति पुनरावलोकन हुने बोर्डले जनाएको छ । समितिका लागि भने अध्ययन सक्ने समय तोकिएको छैन। बोर्डले करिब ५…

Read More

काठमाडौँ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिव पदको लागि तीन जनाको नाम सिफारिस भएको छ । गत असोजमा रिक्त पदका लागि महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम सिफारिस गरिएको सिफारिस समितिले जनाएको छ । राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले सोमबार तीन जनाको नाम सिफारिस गरेको हो । समितिले सिफारिस गरेको नामावली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने र मन्त्रिपरिषद्ले तीन जना मध्ये कुनै एक जनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ । समितिले ८ मंसिरमा आवेदन परेकामध्ये ८ जनाको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो । परिषद्का अनुसार…

Read More