बझाङ : नेपाल कम्युनिष्ट पार्टी एमाले बझाङको ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ ।
बुधबार आज पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको हो ।
जिल्ला अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र कार्यत्रम व्यवस्थापनको तयारी गरीने गरी अधिवेशनको मिती तोकिएको एमाले केन्द्रीय सदस्य एवं बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले जानकारी दिए ।
आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरीने उनले बताए ।
Facebook Comments Box