Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले देशको शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका अहम् रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी मुख्यालयको २३ औँ स्थापना दिवसमा मुख्यमन्त्रीले यस्तो बताएका हुन्। सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, महत्त्वपूर्ण संरचनाहरूको सुरक्षा, मानवअधिकार, लैगिंक हिंसा लगायत देशका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी बल सफल भएको उनको भनाई छ । उनले देशमा शान्ति सुरक्षा, अमनचैन कायम गर्न सशस्त्र प्रहरीले छोटो समयमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताए । यस अवसरमा संस्था र राष्ट्रप्रतिको कर्तव्य पुरा गर्ने सिलसिलामा दिवङ्गत भएकाहरू प्रति उनले श्रद्धाञ्जली व्यक्त गरे । यस्तै सभापति सशस्त्र प्रहरी…

Read More

धनगढी : सशस्त्र प्रहरी बल मुख्यालयले मधेस प्रदेशको कमाण्ड सम्हालेका डिआइजी दिपेन्द्र शाहलाई उत्कृष्ट बाहिनीपतिको रुपमा अवार्ड प्रदान गरेको छ । सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ले डिआइजी शाहलाई अवार्ड प्रदान गरेका हुन् । छिन्नमस्ता वाहिनी बर्दिबासमा कार्यरत डिआइजी शाहलाई आठ बाहिनीपति मध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गरेको हो । देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनीपतिहरू मध्ये छिन्नमस्ता बाहिनीमा कार्यरत शाह उत्कृष्ट रहेको भन्दै सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले शाहलाई पुरस्कृत गरेको हो । आठ वटा जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर गरेको थियो । मधेस प्रदेश सीमा…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पुर्‍याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै संगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताएका हुन् । “सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “संगठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।” हिमालदेखि तराईसम्मका कठिन भौगोलिक…

Read More

कञ्चनपुर : प्रस्तावित सशस्त्र प्रहरी बल गड्डाचौकीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्य पुरस्कृत भएका छन्। मंगलबार सशस्त्र प्रहरी बलको २३औँ स्थापना दिवसको अवसरमा वैजनाथ बाहिनी अत्तरियाले डिएसपी आचार्यलाई उत्कृष्ट गुल्मपति अवार्ड प्रदान गरेको हो। सुदूरपश्चिम प्रदेशभर सीमा क्षेत्रमा रहेका ५८ सशस्त्र प्रहरीका युनिट (प्रस्तावित गुल्म, बिओपी र बेस) मध्ये प्रस्तावित गुल्म गड्डाचौकी प्रदेशभरिबाटै उत्कृट कार्य सम्पादनमा छनोट भएको थियो। उत्कृष्ट कार्य सम्पादन गरेकोमा गुल्मका इन्चार्ज डिएसपी आचार्य सम्मानित भएका हुन्। आचार्यलाई मुख्यमन्त्री कमलबहादुर शाह र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले पुरस्कृत गरेका थिए। डिएसपी आचार्यले आफ्नो नेतृत्वमा सीमामा हुने…

Read More

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाले पालिकाअन्तर्गत कक्षा ८ र १० मा अध्ययनरत छात्रछात्राहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले मंगलबारदेखि ट्युसन कक्षा सञ्चालन गरेको हो। पालिका भित्र रहेका कक्षा ८ र १० मा पढ्ने विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए। उनका अनुसार अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन हुनेछ। गाउँपालिकाले अतिरिक्त कक्षा पढाउने शिक्षकलाई नगद प्रोत्साहन दिने भएको छ। अतिरिक्त कक्षामा अध्यापन गराएबाफत शिक्षकलाई एक विषयको प्रति विद्यार्थी तीन सय रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका शिक्षा अधिकृत रविकुमार चौधरीले जानकारी दिए। उनले मंगलबारदेखि सुरु…

Read More

दार्चुला : दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास गरिएको छ। भारतसित सीमा जोडिएको दुम्लिङमा एक कार्यक्रमबीच बीओपी भवनको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले शिलान्यास गरेको हो। दुम्लिङ बीओपीमा जवान ब्यारेकसँगै सोकपिक, सेप्टिक ट्यांक तथा अन्य संरचना निर्माण गरिने सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति डम्मरसिंह विष्टले बताए। बीओपी ब्यारेकमा ४ कोठा निर्माण गरिने छ। जगदम्बा निर्माण सेवा प्रा।वि।ले ८९ लाख २८ हजार बढी लागतमा निर्माण गर्नेछ। चालु आर्थिक वर्षभित्रै ब्यारेक भवनलगायत सम्पूर्ण संरचना निर्माण गरी सक्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको दुम्लिङ बीओपी इन्चार्ज जयबहादुर महताले बताए। अहिले दुम्लिङ बीओपी स्थानीयको घर भाडामा लिई…

Read More

धनगढी:  डोटीबाट प्रतिनिधित्व गर्दै प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन्। यसअघिको प्रदेश सभाले दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा तय गरेको राजधानी कार्यान्वयन हुन नसकिरहेको भन्दै उनले सन्तुलित विकासका लागि सबै जिल्लाकाे पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गरेका हुन्। सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको उल्लेख गर्दै उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको औँल्याए।

Read More

धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी गरिएको छ। आज (मंगलबार) अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा तालाबन्दी गरेका हुन्। अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका हुन्। अत्तरिया महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए।

Read More

धनगढी : कैलालीमा एक जना चरेससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-५ गेटाका रामनाथ राना रहेका छन्। रानालाई आज (मंगलबार) दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले समातेको हो। उनी सेप ९६६८ नम्बरको मोटरसाइकलको बायाँ पट्टि लेगगाडमा चरेस राखेर गेटाबाट राजपुर बिक्रीका लागि गइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनको साथबाट ८६० ग्राम लागूऔषध चरेस फेला पारेको प्रहरीले जनाएको छ। उनलाई अहिले इलाका प्रहरी मालाखेतीमा बुझाइएको छ। थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं : महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा भिमसेनथापा गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने २४ वर्षीय भिमसेन भट्ट रहेका छन्। नक्कली फेसबुक आइडी बनाएर तस्बिर र भिडिओ प्रशारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। ब्युरोले उनलाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरिएको थियो। भट्टले ती महिलालाई काम गर्नेक्रममा चिनेका थिए। पछि उनीहरूबीच प्रेम भएर समयसमयमा भेटघाट समेत हुने गरेको थियो। त्यतिबेला खिचिएका तस्बिर र भिडिओको दुरूपयोग गरेको प्रहरीले जनाएको छ। उनीहरू बीचको सम्बन्ध टुटेपछि भट्टले नक्कली आइडी बनाएर फेसबुक तथा ह्वाट्सएपमार्फत चरित्र…

Read More