Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं : कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) स्कुल खोल्न सहमति प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन गर्न गृह मन्त्रालयले सहमति प्रदान गरेको हो। यहि माघ १२ गते गृहमन्त्रीस्तरको बैठकबाट उक्त गणले प्रयोग गरिरहेको भन्दा बाहेकको जग्गामा विद्यमान शिक्षा ऐन र शिक्षा नियमावली लगायत प्रचलित कानुनहरुको अधिनमा रहेर स्कुल सञ्चालन गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो। स्कुल सञ्चालनका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले पुस २५ गते अनुमति माग्दै गृह मन्त्रालयलाई पत्र लेखेको थियो।

Read More

सिमकोट : छिमेकी जिल्ला बाजुरामा उत्पादन गरिएका डोको, नाम्लोलगायतका सामग्री हुम्ला आयात हुँदै आएका छन्। माथिल्लो हुम्ला सदरमुकाम सिमकोट आसपासका नागरिक हिउँदयाममा छिमेकी जिल्ला बाजुराका विभिन्न स्थानमा पुगी डोको खरिद गरेर यहाँ ल्याएर बिक्री गर्दछन्। हिउँदको समयमा काम नहुने सबै फुर्सदिला हुने हुँदा घरखर्च चलाउन बाजुरामा उत्पादन भएका डोको ल्याएर सदरमुकाम आसपासका गाउँमा बिक्री गर्ने चलन रहेको छ। टाढाको दुरी तीन दिन लगाएर बाजुरामा पुगी त्यहाँबाट सडक नभएको ठाउँमा पिठ्युँमा बोकी र यातायात आवतजावत गर्ने ठाउँमा गाडीको भाडा तिरेर सदरमुकाम ल्याउने गरेको सिमकोट गाउँपालिका-७ चौगनफया गाउँका रमेश शाहीले बताए। स्थानीय शाहीले भने, ‘बाजुराको बडिमालिका नगरपालिका-७ ढम्कनेमा उत्पादन गरिएका डोको हुम्लामा बिक्री…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका ७ कलुवापुरबाट ०.८१ ग्राम खैरो हेरोइनसहित सोही ठाँउ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय बिजय राना बिहीबार दिउँसो पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा नसिब रानाको घरबाट खैरो हेरोइन फेला पारी दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : कैलालीका स्थानीय तहमा जग्गा नापजाँच गर्ने प्राविधिक जनशक्ति अभाव हुँदा नापजाँचमा समस्या भएको छ ।  कैलालीका १३ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा राष्ट्रिय भूमि आयोगले दक्ष प्राविधिक कर्मचारी खटाएर जग्गाको नापजाँच गरिरहेको  छ । अन्य स्थानीय तहले आफ्नै स्रोतसाधनबाट प्राविधिक कर्मचारी नियुक्त गरेर जग्गा नापजाँच गरिरहेका छन् ।  नापी कार्यालयका प्रमुख जनकराज जोशीले कैलालीमा १७ प्राविधिकमध्ये जिल्लाका पाँच स्थानीय तह कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी र लम्की चुहानगरपालिकामा खटाएर जग्गा नापजाँचको काम भइरहेको जानकारी दिए । नापजाँच भएको जगाको लालपुर्जा वितरणका लागि सरकारले राजस्व निर्धारणको मापदण्ड नतोकेका कारण समस्या भइरहेको गौरीगङ्गा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले गुनासो गरे…

Read More

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र  टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल –४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए। घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही, ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : आइसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ। प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ। खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ। विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको थियो। सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। २०१७ यू-१९ एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो। अहिले उपाधि दोबेदार भारतको सेमिफाइनमा स्थान पक्का भइसकेको छैन। नेपाललाई पराजित…

Read More

कञ्चनपुर : कञ्चनुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट बिहीबार साँझ हाइसको ठक्करबाट मृत्यु भएको हो। ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेशको ०१०२९ च २८०६ नम्बरको हाइस चलाउने क्रममा हाईसको ठक्करबाट उनी घाइते भएकी थिइन्। उनको उपचारको क्रममा कैलाली स्थित मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए।

Read More

धनगढीः कैलालीमा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–१ की देवकी न्यौपानेको आगोमा जलेर मृत्यु भएको हो। उनी खाना पकाउने क्रममा माघ ९ गते (मंगलवार) शरीरमा आगो लागेर घाइते भएकी थिइन्। उनको हिजो घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ। बिहीबार देशका पश्चिमी तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएकोले अधिकांश क्षेत्रमा चिसो बढेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई…

Read More

धनगढी : जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० बर्सिया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको हो। ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी थिइन्। उनीहरू दम्पती रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । तत्काल असावधानीका कारण श्रीमानले चलाएको गाडीले उनको मृत्यु भएको लेखिए पनि दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।

Read More