धनगढी: सुदूरपश्चिमका एक जनाको भारतमा सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।
बझाङको दुर्गाथली गाउँपालिका–१ थापागाउँ घर भएका ३६ वर्षीय नरेन्द्र थापाको स्कुटर दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमवार दिउँसो बैंगलोरको चन्दापुराबाट इलेक्ट्रोनिक सिटि तर्फ जानेक्रममा आफैले चलाएको स्कुटी अनियन्त्रित भएर टाइल्स बोकेर गइरहेको ट्रकको पछाडिको टायर मुनी पर्दा थापाको घटनास्थलमै मृत्यु भएको उनका आफन्त विक्रम भण्डारीले बताए।
उनी २० वर्षदेखि परिवारसहित भारतमा रोजगारी गर्दै आएका थिए। ट्रक चालक भारतीय नागरिकलाई त्यहाँको प्रहरीले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाइएको छ।
Facebook Comments Box