Author: महेन्द्रनगर पोष्ट

धनगढी : घुमुवाबाट उठाइएको रकम मागेका सिपाहीलाई गोली हानेर घटना लुकाउने प्रहरी चौकी इन्चार्ज असइलाई महोत्तरी प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। घटना कार्तिक ३० गतेको भए पनि मधेश प्रहरीका डिआइजी र महोत्तरीका एसपीले पनि यो घटना बिहीबार मात्रै थाहा पाएका हुन्। कार्तिक ३० गते राति ११ बजे मारुवाही प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असइ बच्चा यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका हुन्। उनले ‘बढ्ता बोलिस भनेर गोली हानेर मारिदिन्छु’ भन्दा सिपाहीले ‘यो कुरा म डिआइजी, एसपी साहेबलाई भनिदिन्छु’ भनेपछि असइ आक्रोसमा आएका थिए। सिपाहीले ‘ल गोली हान्न सक्ने भए हान्नू’भन्दा असइले आफ्नै पेस्तोलबाट गोली हान्दा सिपाहीले छल्दा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ। सातै प्रदेश मध्ये सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको आयोजना गर्न लागेको हो। सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन तथा विकासका लागि सहकार्य गर्ने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले जानकारी दिए। निजी क्षेत्रको लगानी, उत्पादन, पूर्वाधार निर्माण र रोजगारी अभिवृद्धि गर्न प्रदेश सरकारले पहिलो पटक लगानी एवं विकास सम्मेलन गर्न लागिएको उनले बताए । यसैबिच आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी लगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल…

Read More

काठमाडौं : भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि प्रारम्भ भएको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन्। हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो। यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विषम परिस्थिति, पहाडी एवं विकट स्थानमा मानवीय सहयोग परिचालन तथा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिने फौजले अपनाउनुपर्ने पूर्वसतर्कता, चित्कित्सकीय प्रशिक्षण, वायुसेवा तथा उड्यनका विविध…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन्। नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन्। मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे।

Read More

कञ्चनपुर : कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहिद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई निशर्त रिहाईको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिश्चितकालीन कञ्चनपुर बन्द गर्ने निर्णय गरेको छ। हिजो शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए। त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए। पार्टीको भातृ संगठनले राज्यको भ्रष्टाचार र व्यतिथिका विरूद्ध विभिन्न चरणकाका शान्तिपूर्ण कार्यक्रम को आयोजना गरेको पहिलो दिनमै राप्रपाका १८ जना नेता कार्यकर्ताहरू लाई धरपकड गरि प्रहरी हिरासतमा राख्ने गैर लोकतान्त्रिक अभ्यासप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको…

Read More

काठमाडौं-: चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा १३ जनाले ज्यान गुमाएका छन्। हालसम्म जाजरकोटमा ११ र रुकुम पश्चिममा दुई जनाले ज्यान गुमाएका हुन्। १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका पीडितहरु मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन्। पीडितहरुमा रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ।

Read More

दार्चुला : दार्चुलाका दुई स्थानीय तहहरुले दुई दिन स्थानीय बिदा दिएका छन् । राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुनमा धाममा लागेको जात्राको अवसरमा स्थानीय बिदा दिइएको हो ।  दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले यही मंसिर १० गते आइतबार र ११ गते सोमबार बिदा रहेको जनाएका छन् । शैल्य मालिकार्जुन शिखर धुरामा आज पूजन जात्रा लाग्दैछ भने भोलि मालिकार्जुन मन्दिरमा जात्रा लाग्दैछ। हरेक बर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गरेको छ । सो जात्रामा हजारौं दर्शनार्थीहरु सहभागी हुने गरेका छन् ।

Read More

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्ति जनाएको छ । पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशन भएको भन्दै कोषले आपत्ति जनाएको हो । “समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,” कोषले भनेको छ, “पत्रिकाहरूमा उल्लेख भए बमोजिम भारतको उत्तराखण्ड विपिन रावतकाे गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को कुनै स्वीकृति, सहमति, निर्णय नभएको त्यस्ता सामग्रीहरू कोषको तर्फबाट उपलब्ध नगराइएको र…

Read More

गुुलरिया : बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। नगरपालिका–४ स्थित तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालका अनुसार ३५ वर्षीय राधा बुढा, १० वर्षीया मानुषी बुढा, आठ वर्षीय कृष चन्द र दुई वर्षीय कार्तिक चन्दको मृत्यु भएको हो। यस्तै २८ वर्षीया करिश्मा चन्द घाइते भएकी छन्। आगलागीको कारणबारे खुल्न बाँकी रहेको अर्यालले बताए।

Read More

कैलाली : धनगढीलाई सुन्दर सहर बनाउने लक्ष्यका साथ नगरका सार्वजनिकस्थलका भित्ता (पर्खाल) मा स्थानीय कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र उतार्न थालिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले भित्तामा कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यलगायत चित्र उतारेर धनगढी र खासगरी सुदूरपश्चिमलाई चिनाउने अभियान थालिएको बताए । धनगढी रङ्गशालाको भित्ता (पर्खाल) मा चित्र उतारेर कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्य चिनाउने यो अभियान थालिएको हो । हमालले भने, “अब धनगढीका भित्ताले सुदूरपश्चिमको कला संस्कृति र पर्यटकीय गन्तव्यका बारेमा आगन्तुकलाई जानकारी गराउनेछन् ।” चित्र उतारिएका पर्खालमा कुनै पोष्टर, पर्चा नटाँस्न र फोहर नगरिदिन उपमहानगरपालिकाले नगरवासीसँग आग्रह गरेको छ । उपमहानगरपालिकाले धनगढीलाई सुन्दर…

Read More