डोटी : माल्कम एक्सको एउटा सुन्दर भनाइ रहेको छ, Education is the passport to the future,for tomorrow belongs to those who prepare for it today.
शिक्षा भविष्यको एउटा अनुमती पत्र वा पार पत्र हो, जो आजका सचेत एवम् दूरदर्शी व्यक्तित्वहरुको यत्नप्रयत्नबाट भोलिका निमित्त आवश्यक ठानेर तयार पार्नेहरुमा निर्भर गर्दछ। संसार परिवर्तनको मूल संवाहक ठानिने शिक्षा क्षेत्रमा गर्ने लगानी भावि पुस्तामाथिको लगानी हो।
दुनियाँमा परिवर्तनको सम्भावना देखिन्छ भने त्यो शिक्षाबाट मात्रै देखिन्छ त्यै भएर पनि अंग्रेजीमा एउटा भनाइ निकै चर्चित ठानिन्छ, Education is everything, Education is your power,Education is your way in life for whatever you want to do.
शिक्षा सबैथोक हो। यो आफैंमा एउटा शक्तिशाली हतियार हो। संसार बदल्ने आँटिलो अस्त्र हो। जीवनको गन्तव्य हो। यसको सहायताबाट हामी आफू मात्रै होइन संसार बदल्न सक्छौं। त्यै भएर हामी अध्ययनमा पनि भेट्न सक्छौं कि ?
Education breeds confidence.Confidence breeds hope. And Hope breeds peace.
उल्लेखित पृष्ठभूमिले शिक्षाको महत्व र यसमाथिको लगानीलाई बढावा दिन खोजेको छ। शिक्षा आफैंमा ज्यादै महत्वको हुन्छ र पो यस प्रतिको लगानीको पनि महत्व रहन्छ।
व्यक्ति परिवार, समाज, समुदाय वा राज्य चाहे जो सुकैले शिक्षामा लगानी गरोस् त्यो आफैंमा सुन्दर भविश्यको परिकल्पना हो।
यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोरायल गाउँपालिकाको–४ मा विस २०१२ सालमा स्थापित तत्कालिन कुँडिकोट प्राइमरी स्कूल हालको घण्टेश्वर माध्यमिक विद्यालय जोरायल गाउँपालिका–४ कुँडिकोट डोटीको स्थापनार्थ अहोरात्र खटिइ तन, मन र धनले सहयोग जुटाउने सहयोगी व्यक्तित्वहरुका कारण आज सुदूरपश्चिमको डोटी जिल्लाकै एक शैक्षिक धरोहरका रूपमा विकसित भइ निकै उचाइ चुम्न सफल भएको छ।
हाल विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म दैनिक सातसय विद्यार्थीहरु पठनपाठनमा संलग्न छन्। यसका साथै कक्षा ९ देखि १२ सम्मको कृषि प्राविधिक समूह तर्फको बाली विज्ञान विषयमा पनि पठनपाठन भइरहेको छ।
यस विद्यालयले यतिबेलासम्म राज्यको विभिन्न क्षेत्र र विधामा आवश्यक जनशक्ति उत्पादन गरेर अतुलनिय योगदान दिदै आइरहेको छ। आफ्नो स्थापनाकालको ६७ वर्षको प्रशस्त गौरव र गाथा बोकेको यस विद्यालयले आगामी माघ महिनाको २७ गते पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ।
विस २०८० साल माघ महिनाको २६ र २७ गते विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक भेला कार्क्रमको अवसर पारि पर्व विद्यार्थी मञ्च मार्फत पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य तथा विद्यालयका पूर्व विद्यार्थी जीतेन्द्र बोहराको संयोजकत्वमा विद्यालयले पूर्व विद्यार्थी मञ्च गठन गरेको छ।
उक्त मञ्चका अन्य सदस्यहरुमा विद्यालयकै पूर्व विद्यार्थी तथा जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्ट, पूर्व विद्यार्थी तथा माध्यमिक तहका स्थायी शिक्षक मिनबहादुर रोकाया,प ूर्व विद्यार्थी तथा माध्यिमक तहका शिक्षक सुबोध सस्मित रावत, पूर्व विद्यार्थी तथा प्राथमिक तहका स्थायी शिक्षक विजयप्रकाश मल्ल, पूर्व विद्यार्थी तथा प्राथमिक तहका स्थायी शिक्षक ज्योती रावल र पूर्व विद्यार्थी तथा प्राथमिक तहका अस्थायी शिक्षक भीमबहादुर भट्ट खत्री हुनुहुन्छ।
घण्टेश्वर माध्यमिक विद्यालयले आफ्नो स्थापना कालदेखी हालसम्म विभिन्न समयमा आफ्नै आँगनबाट खादैखेल्दै र पढ्दैलेख्दै विभिन्न तहको शिक्षा हासिल गरी स्वदेश तथा विदेशका विभिन्न क्षेत्र पेसा व्यवसाय र रोजगारीमा रही विभिन्न पद तथा ओहदा एवम् हैसियतमा रहनु भएका सम्पूर्ण व्यक्तित्वहरुलाई पुन एक पटक आफ्नै आँगनमा भेटघाट गर्ने शुभ अवसर प्रदान गर्न गइरहेको छ।
स्थापनाको झण्डै सात दशकको लामो समय अवधिमा विभिन्न तहका विभिन्न कक्षाहरु उत्तिर्ण गरी प्रमाण पत्र बझि हात हल्लाएर विदाइ भइ गएर हाल स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा रही जीवन व्यतित गरिरहनु भएका किसान, मजदुर, श्रमिक, शिक्षक, प्राध्यापक, पत्रकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, डाक्टर, ईन्जिनियर, राजनीतिक कर्मी, समाजसेवि, बुद्धिजीवि एवम् अगुवा व्यक्तित्वहरुको विशाल जमघटको परिकल्पना गरेको छ।
उद्यमशिल अनुभवि सिर्जनशिल विकास प्रेमी सर्जक र स्रष्टाहरुको समउपस्थितिमा विद्यालयले वालापनका दिनहरुको स्मरण गराउँदै भलाकुसालीको दैलो उघार्ने अवर प्रदान गर्नेछ। यस महत्वपूर्ण तथा एतिहासिक जमघटमा विद्यालयले आफ्नो आँगनबाट विदाइ भइ गएका पूर्व विद्यार्थीहरुलाइ भेटघाट गर्ने अवसर मात्रै प्रदान गर्ने छैन यतिखेर उनीहरुका जीवनका भोगाइ, अनुभव र सिकाइहरुको आदानप्रदान गर्ने अवसर पनि रहनेछ।
यसका साथै डोटी जिल्लाकै नामुद यस शैक्षिक धरोहर घण्टेश्वर माध्यमिक विद्यालयले आफ्नो आर्थिक भौतिक र शैक्षिक उन्नयनका लागि उचित राय सल्लाहा तथा सुझावहरु पाउने कुराको अपेक्षा पनि गरेको छ।
समग्रमा यो कार्यक्रम यस विद्यालयका पूर्व विद्यार्थीहरुको सामान्य जमघट तथा भेटघाट र भलाकुशालीमा मात्रै सिमित रहने छैन्। यो संस्थाको थप उन्नति प्रगती र बढोत्तरीका लागि कोषेढुङ्गा सावित हुनेछ।
एउटा भनाइ छ, Time and tide wait for none. यतिबेला यस विद्यालयले वालापनका सखाहरुको पुनर्मिलनको शुभ अवसर प्रदान गरेको छ।
हामी जो हिजोका वाल सखाहरु थियौं, तिनीहरु मध्ये कति जीवनको अधिकांश समय कटाएर उत्तरार्धतिर पुगि सकेका हौंला भने कति जीवनको रंगिन दुनियाँमा आहाल खेल्दै पनि हौंला।
जीवन भोगाइको क्रममा गन्तव्यतिरका सिंढीहरु चढ्दै र ओर्लदै गर्दा कति धेरै कमायौं र गुमायौं पनि होला। आ–आफ्नो जीवनको गन्तव्य तय गर्न हिजो जुन स्थानबाट गर्भिलो
जोस, जाँगर, उमंग र उत्साह बोकेर हिड्यौं आज त्यसै संस्थानको वास्तविक अवस्थाको पहिंचान र संस्थाले ती गन्तव्यतिर हिंडेकाहरुको अवस्था बुझ्ने सुन्दर साइतको रुपमा यस पुनर्मिलन कार्यक्रमलाई लिइएको छ।
यस पवित्र शैक्षिक धरोहरबाट जीवनको गन्तव्य तय गरी हिंडेका सबै व्यक्तित्वहरु जो जहाँ जुन क्षेत्र, ओहदा र कर्ममा छौं एकपटक यसै अवसरमा यसै विद्यालयको आँगनमा आइपुग्नु हुनेछ र सिंगो जोरायलको गौरवरुपी संस्थाको सुन्दर भविश्यप्रतिको दृष्टिकोण व्यक्त गर्नुहुनेछ।
ताकि व्यक्त दृष्टिकोणले यहाको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रमा सिर्जनात्मक रायसुझाव तथा सल्लाह प्राप्त हुनेछ र संस्थाले हिजोआज भन्दा भोलीका दिनहरुमा अझैं थप गुणस्तरीय शिक्षा प्रदान गर्दै अगाडी बढ्ने मौका प्राप्त हुनेछ।
यस कार्यले यो विद्यालय सिकाइको नामुद थलो मात्रै बन्ने छैन् यसको परिसरमा हरेक सिकारुहरुको भविश्य सुन्दर बन्ने कुरामा सुनिश्चित हुनेछ।
– मीनबहादुर रोकाया, मावि तह, शिक्षक
घण्टेश्वर माध्यमिक विद्यालय, जोरायल गाउँपालिका–४ कुँडिकोट डोटी