धनगढी: कैलालीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
बुधबार अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित करन सिंह कुमालले सञ्चालन गरेको ‘चन्द्र दीप बोग्टान होटल’ मा शंकास्पद रूपमा बसेका अछाम मंगलसेन नगरपालिका वडा नं. ०५ का १८ वर्षीय भुवन आउजी र वडा नं. ०१ का १८ वर्षीय डम्बर आउजीलाई जाँच गर्दा उनीहरूको साथबाट १ ग्राम २४० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो।
यस्तै, धनगढी उपमहानगरपालिका वडा नं. ०६ स्थित जंगल रिसोर्ट नजिक आशाराम चौधरी र दिल बहादुर चौधरीलाई शंका लागि जाँच गर्दा उनीहरूको साथबाट १ ग्राम २२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
जम्मा २ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको कैलाली प्रहरीले जनाएको छ।