Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको धनगढीमा एक जना युवक मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका–३ को भाटभटेनी पछाडि आफ्नै घरमा २० वर्षीय नरेन्द्र बिष्ट मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिष्ट आफ्नै घर कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत मंगलबार बिहान भेटिएको जानकारी दिए। उनको मृत्युको कारण भने खुलेको छैन। बिष्टको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेकोले आज साँझसम्म सबैतिर टिकटक बन्द हुनसक्ने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकलाई पत्राचार गरेको थियो । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘हामीले टिकटकलाई पनि इमेल लेखेका छौँ । आजसम्म सबै ब्लक हुन्छ होला ।’

Read More

बैतडी : बैतडीको सिगासकी एक महिला ४ दिन देखि बेपत्ता रहेकी छन् । सिगास गाउँपालिका ९ चुवाकी २४ वर्षीया तारादेवी ढाँट (अधिकारी) शनिबारदेखि बेपत्ता रहेकी उनका श्रीमान दिपक ढाँटले बताए । यही कार्तिक २२ गते बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ८ धरानस्थित माइती घरमा गएकी तारा शनिबार माइती घरबाट फर्केकी तर उनी घर नपुगी बाटोबाटै बेपत्ता भएकी जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । माइतबाट घर फर्कीसकेकी तारा घर नपुगेपछि उनको खोजी गरिदिनका लागि परिवारजनले प्रहरीमा सोमबार निवेदन दिएका छन् । बेपत्ता ताराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कसैले फेला पारेमा नजिकको प्रहरी…

Read More

काठमाडौं : देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Read More

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।   कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन् ।  गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

Read More

काठमाडौं : सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ। समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारको यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा पनि फरक फरक धार देखिएको छ भने टिकटकबाट भाइरल भएकाहरूको प्रतिक्रिया पनि फरकफरक छ। यसैबीच टिकटकबाटै भाइरल बनेकी अमरगढी नगरपालिका-८ लटाउलीको पवित्रा साँकी अर्थात् मिस पविले आफूले टिकटक बारे केही पनि नभन्ने प्रतिक्रिया दिएकी छन्। समाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ´मलाई टिकटक बारे केही भन्नू छैन्। यो पोष्ट हेरेपछि फोन, म्यासेज केही नगर्नु…

Read More

काठमाडौ : नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । ‘नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामाजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याओस्,’ बस्नेतले फेसबूकमा लेखेका छन् । पछिल्लो समय टिकटकमार्फत ल्याइएको विवादास्पद भिडियोका कारण बस्नेत पनि विवादमा छन् ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा जीपको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–३ मा जीपले ठक्कर दिँदा पैदलयात्री ६३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। आइतबार साँझ पौने आठ बजे धनगढी–कञ्चनपुर सडक खण्डको कान्छि बजार नजिकै पैदल हिँडिरहेका तामाङलाई म १ च ४१५ नम्बरको जीपले ठक्कर दिँदा सोही ठाउँका तामाङको घटनास्थलमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डांगीले बताए। ठक्कर दिने जिप र चालक इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको डिएसपी डांगीले जनाकारी दिए।

Read More

डोटीः डोटीमा ट्याक्टर पल्टिदा १३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर-५ लामखाल स्थित कच्चि सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर पल्टिदा १३ वर्षीय बालक प्रशान्त सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक २४ वर्षीय प्रेम ठकुल्लालाई जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा संस्कृति झल्काउने खालको देउसी भैलो खेलिएको छ। सोमबार अमरगढी नगरपालिका–१ दहमा रहेको रणबम गणको आयोजनामा देउसी भैलो खेलिएको हो। अमरगढी नगरपालिका–५ बसपार्कमा नेपाली सेनाले संस्कृति झल्काउने उदेश्यका साथ देउसी भैलो कार्यक्रम राखेको हो। तिहारको पाँचदिन धुमधामसँग देउसी भैलो खेल्ने चलन रहेको भएपनि पछिल्लो समयमा मौलिक भैलो हराउँदै गएको छ। पुरानो संस्कृतिको संरक्षण गर्ने उदेश्यले देउसी भैलो कार्यक्रम आयोजना गरिएको रणबम गणका गणपति एवं प्रमुख सेनानी प्रवीण थापाले बताए। नेपाली सेनाका जवनाहरूले दौरा–सुरुवाल र ढाका टोपी तथा चोलो, पटुकीसहित आकर्षक पोशाकमा सजिएर देउसी भैलो खेलिएका हुन्।

Read More