बैतडी : बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको पाटन नगरपालिका–२ बिनोडास्थित जयन्ती पन्तको घरमा बुधबार राति साढे ११ बजेतिर आगलागी भएको स्थानीय ईश्वरदत्त पन्तले बताए।
आगलागीबाट पन्तको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। दुईकोठा र एक भान्सा भएको काठको भुँइतले घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
भान्सा कोठामा बालेको आगो घरमा सल्किएपछि आगलागी भएको हो। जयन्ती पन्त र उनका दुई छोरा तल्लो घरमा रहेकाले मानवीय क्षति नभएको पन्तले बताए।
आगलागीबाट पन्तको घरभित्र रहेका अन्नपात, भाँडाकुडा, गरगहना र नगद २५ हजार जलेर नष्ट भएका प्रारम्भिक जानकारी आएको छ।
Facebook Comments Box