काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले बडा दशैंको उपलक्षमा आयोजना गर्न लागिएको बडाभोज (बडाखाना) सारेको छ। हरेक वर्ष सशस्त्रले दशैंको अवसरमा बडाभोज आयोजना गर्ने गरेको छ। यो वर्ष पनि आजका लागि भोज तय गरिएको थियो।
तर हालैको बाढीपहिरो र डुबानमा साढे दुई सयभन्दा बढीको मृत्यु, दुई दर्जनबढी बेपत्ता, सयौं घाइते भएकाले विषम परिस्थिति उल्लेख गर्दै आजको भोज तत्काललाई स्थगित गरिएको हो।
सो बडाभोज अब तिहारसम्ममा गर्ने प्रधान कार्यालय स्रोतले जनाएको छ। अहिले भने सशस्त्र प्रहरी उद्धार तथा राहत कार्यक्रममै लागेको जनाइएको छ।
दशैंमा राज्यको तीन वटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बडाखाना अर्थात बडाभोज आयोजना गर्छन्।
Facebook Comments Box