अछामः धनगढीबाट अछामका लागि उडेको समिट एयरलायन्सको विमानले आकाशमा तिन फन्का लगाएर अवतरण भएको छ। अछामको साँफेबगर विमानस्थल छेउमा रहेको मसानघाट नजिकै गिद्धले सिनो खाइरहेको देखेपछि विमान अवतरण हुन नसकेको बताइएको छ।
झण्डै २० मिनेट आकाशमै घुमेर अवतरण गरिएको समिट एयरलायन्सका प्रतिनिधि विजय कुंवरले बताए। प्रहरीको सहयोगमा मसानघाट नजिकैबाट गिद्ध धपाइएपछि विमान अवतरण गरिएको उनले बताए।
बिमानस्थल आसपासमा बंगुर लगायतका जनावर पालन भएको र त्यहाँ जम्मा हुने फोहोरको थुप्रोमा चील लगायतका जनावर आइरहने जोखिम निम्तिने भएका सोतर्फ आवश्यक सहजीकरण गरिनु पर्ने समिट एयरलायन्सका प्रतिनिधि कुँवरले बताए।
Facebook Comments Box