Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । अपरान्ह ४ः३४ बजे ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो शुक्रबार रातिको भूकम्पको पराकम्प भएको बताइएको छ । पराकम्पको धक्का पश्चिम र सुदूर पश्चिमका धेरै जिल्ला र काठमाडौंसम्म पनि महशुस गरिएको उल्लेख छ ।

Read More

बझाङ : बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका–४ बाग्थलामा बस र जीप एक आपसमा ठोक्किएका छन्। बझाङबाट धनगढीका लागि छुटेको कर्णाली रिभर साइड यातायात प्रालिको सुपप्र ०१००१ ख ३२७९ नम्बरको बस र धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ च ३६१३नम्बरको जीप आज वेलुका ४.१५ बजे बाग्थला अस्थाइ चेकपोष्ट नजिकै एक आपसमा ठोक्किएका हुन्। बस र जीप दुबैको अगाडीपट्टीको भागमा क्षति भएको छ। दुवै जना चालकलाई अस्थाई ट्राफिक चेक पोष्ट बाग्थलाले नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ।

Read More

धनगढी : कञ्चनपुरमा लागु औषधसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तराखण्ड चम्पावत मिना बजार बस्ने धमेन्द्र रहेका छन्। ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टरस्थित यूके ०३ वी ८२६९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा उनलाई पक्राउ गरेको हो। उनको साथबाट २ पाकेटमा ४.६३ ग्राम र ४.७० ग्राम गरी जम्मा ९.३३ ग्राम लागु औषधसहित एक थान मोबाइल र एक थान मोटरसाइकल नियन्त्रणमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

धनगढी : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ। भूकम्पको धक्का सुदूरपश्चिममा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Read More

धनगढी : यो वर्षको भाइटीकाकाे शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ। ‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि शुरू हुँदैछ।

Read More

काठमाडौं : विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमवार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरे। व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको देशको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ। कोलम्बोमा मन्त्री रणसिङ्घले भने, ‘पूर्वकप्तान रणतुङ्गा क्रिकेटलाई पुनःजीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो।’ उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिनुभयो । रणतुङ्गाले क्रिकेट पुनःनिर्माणको चुनौती स्वीकार गरेको…

Read More

काठमाडौं : सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले जानकारी दिए ।

Read More

महोत्तरी :  जलेश्वर नगरपालिका- ८ रतवारा गाउँमा गए राति डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्। जयकिशोर चौधरीको घरमा गए राति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए। डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका थिए। मल्लका अनुसार कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्।…

Read More

सिरहा : गोबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उहाँ नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो। खेजीको क्रममा शिक्षक साह विद्यालयमै झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुराः ६ दिन अघि डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका–५ बगरकोट रोडमा ३ वटा पसल तोडफोड भएर चोरी भयो। २ दिन अघि मात्रै बगरकोट रोडस्थित कर्णसिंह रावल उर्फ ‘मम्याल बाजे’को घरमा डेरा गरी बस्नेहरूको कोठामा तोडफोड गरेर चोरी भयो। ४ दिन अघि अमरगढी नगरपालिका–५ विद्युत रोडमा रहेको तारा बोहराको घरमा बस्ने उत्तमसिंह कार्कीको कोठाबाट साढे पाँच तोला सुन चोरी भयो। तर, प्रहरीले भने चोर पत्ता लगाउन सकेको छैन्। जिल्ला सदरमुकाममै राती चोरी हुन थालेपछि स्थानीय सशंकित छन्। चोरीका घटना बढेपछि स्थानीय निरज रावलले जिल्ला सदरमुकाममै प्रहरीले सुरक्षा दिन नसकेको हो ? भनि आक्रोश पोखे। यता, डडेल्धुरा प्रहरीले भने चोरीका घटनामा अनुसन्धान जारी…

Read More