Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन्। ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार २९ हजार एक सय ५४ सशस्त्र प्रहरी कर्मचारी सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन्। यस्तै तत्कालै खटाउन सक्ने गरी करिब तीन हजार सशस्त्र प्रहरी कर्मचारी रिजर्व फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ। यसपालीको चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आजैदेखि सशस्त्र प्रहरी परिचालित भएका छन्।…

Read More

काठमाडौँः पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन्। शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो। आगामी कार्तिक ७ गते विजयादशमी रहेको छ।

Read More

बागलुङ: नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दसैँ मनाउँदै आएका…

Read More

काठमाडौँ : ‘झुम्के बुलाकी’ गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ। घटस्थापनाको साइत पारेर सार्वजनिक ‘लै बरि लै’ गीतमा आस्थाले आफैँ मोडलिङ पनि गरेकी छिन्। ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन्। त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिएकी आस्थाले नयाँ गीतलाई डान्सिङ शैलीमा तयार गरेकी छिन्। सावित्री राउतको शब्दमा सुरेश अधिकारीले संगीत भरेको गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ। गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शक पाउने विश्वास व्यक्त गरिन्। ‘देश विदेश जताततैबाट नकारात्मक खबर आएको समयमा यस्ता गीतले हामीमा नयाँ उर्जा…

Read More

धनगढी : दशैं मान्न भारतबाट घर फर्किने नेपालीको सहजताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरेको छ। कैलालीको गौरीफन्टा नाकामा आइतवारदेखि हेल्प डेस्क स्थापना गरिएको हो। दशैंमा स्वदेश फर्किने नेपालीलाई सहज होस् भनेर डेल्प डेस्क स्थापना गरिएको रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए। ‘भारतबाट आउने नेपालीलाई समन्वय गर्नका लागि हेल्प डेस्क स्थापना गरेका छौं। सुदूरपश्चिमका पहाडमा जानेका लागि बससँग समन्वय गरिदिएका छौं,’ विष्टले भने, स्वदेश फर्किनेहरूलाई पानीको बोत्तल समेत उपलब्ध गराइएको छ।’ हेल्प डेस्कमा बस्ने स्वयंसेवकले स्वदेश फर्केकाहरूसँग भारतमा काम गर्ने स्थानको बारेमा समेत जानकारी राखेका छन् ।

Read More

डडेल्धुरा : नेपालहरूको महान पर्व वडादशैं सुरु भएको छ। पछिल्लो समय दशैंतिहारलगायतका विदामा परिवार तथा साथीभाइसँग घुम्न जानेहरू नेपालीहरू बढ्न थालेका छन्। कम खर्चमा घुमफिर गर्न चाहानेहरूको रोजाइमा नेपालका विभिन्न ठाउँहरू हुने गर्दछन्। देशमा रहेका सात प्रदेश मध्येकको एक हो सुदूरपश्चिम। त्यहीँ सुदूरपश्चिममा रहेको छ, डडेल्धुरा। सुदूरपश्चिम प्रदेशमा धेरै पर्यटकीय क्षेत्र छन्। पर्यकटीय क्षेत्रका दृष्टिकोणले हेर्ने हो भने यस प्रदेशमा सम्भावनाका ढोका प्रशस्त छन्। सुदूरपश्चिम प्रदेशमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ रहेका छन्। यदि तपाईं दशैंतिहार बिदामा घुम्न जानका लागि उपयुक्त ठाउँ खोजिरहनु भएको छ भने हामी सुदूरपश्चिमको डडेल्धुरामा रहेका केही गन्तव्यका बारेमा जानकारी गराउँछौँ। उग्रतारा उग्रतारा भगवती…

Read More

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यो वर्ष दशैंका लागि खसीबोका र च्याङ्ग्रा भोलि (सोमबार)देखि बिक्री गर्ने तयारी गरेको छ। खसीबोका र च्याङ्ग्रा काठमाडौं आउने क्रममा रहेको लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। आज बेलुका आइपुगे भोलिबाटै बिक्री शुरु गर्ने सुवेदीले जानकारी दिइन्। उनका अनुसार यो वर्ष २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा मगाइएको छ।

Read More

बैतडी : बैतडीमा अल्टो र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ हिरापुरमा अल्टो र मोटरसाइकल एकआपसमा ठोकिएका हुन्। बैतडीबाट धनगढीतर्फ गइरहेको सुपप्र ०३–०१०२३ च ६५३५ नम्बरको अल्टो र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१–००१ प ९३४१ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। दुर्घटनामा दुवै सवारी साधनमा समान्य क्षति भएको भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। अल्टोचालक दिपक भुल र मोटरसाइकल चालक परमले लुहारलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौंः बुधबार अपराह्नसम्म देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल देशको बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। आइतबार अपराह्नपछि मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने हुँदा बुधबारसम्म बदली, छिटपुटदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनले बुधबार अपराह्नपछि मनसुनमा सुधार देखिने र त्यसपछि विभागले बुलेटिनमार्फत् मनसुन बाहिरिएको जानकारी दिने बताइन्। उनका अनुसार हाल बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। ‘आजै अपराह्नपछि पश्चिमी वायुको प्रभाव देखिने सम्भावना छ। त्यसो हुँदा सुदूरपश्चिम, कर्णाली, गण्डकी आदि…

Read More

धनगढी: कञ्चनपुरमा एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो (शनिबार) इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल छिरेका सरदार दलीप सिंह रहेका छन्। उनी पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल छिरेको बताइएको छ। अहिले प्रहरीले भने उनलाई छुटाउन खोजिरहेको स्रोतको दाबी छ। तर, उता इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख इन्सपेक्टर हेमराज भट्टले भने थप अनुसन्धान भैरहेको र मुद्दा चलाउने र नचलाउनेबारे छलफल जारी रहेको बताए।

Read More