Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कैलाली अध्यक्षका लागि डेबिड खड्का (दिपेश) ले पनि उम्मेदवारी रहेको जनाएका छन्। यस अगाडि जिल्ला कमिटीको उपाध्यक्ष रहेका खड्काले जिल्ला अध्यक्षमा इच्छा देखाएका हुन्। हिजो (आइतबार) बाट कैलालीको टीकापुरमा युवा संघको १० औं अधिवेशन जारी छ। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिने छ। अध्यक्षका लागि खड्काबाहेक अन्यले पनि इच्छा जाहेर गरेका छन्। तर फुटबलका प्रसिद्ध खेलाडी, प्रशिक्षक तथा एमालेका पुराना युवा नेतासमेत रहेका खड्काको दाबेदारीलाई भने चासोका साथ लिइएको छ। युवामाझ लोकप्रिय खड्का खेल तथा एमालेको राजनीतिमा सक्रिय छन्। उनी धनगढीका व्यवसायीसमेत हुन्।

Read More

काठमाडौं: विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने घोषणा गरेका छन्। विपत्को समयमा विमान कम्पनीहरूले अधिकतम मूल्य लिएको भन्दै आलोचना भएपछि उनीहरूको यो घोषणा आएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत महँगो मूल्य नलिन अमेरिकाबाटै आग्रह गरेका थिए। वायुसेवा सञ्चालक सङ्घको आइतबारको बैठकले तीन दिनसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने निर्णय गरेको हो।  सङ्घले सोमबार, मंगलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय गरेको जनाएको छ। संघले सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरेको छ। 

Read More

काठमाडौं:सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ। अदालतको अवहेलना गरेको अभियोगमा उनीहरूलाई सजाय सुनाइएको हो। आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरूलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो। उनीहरूले लिखित रूपमा अदालतसमक्ष माफी मागेमा सात दिन कैद बसी अरु कैद निलम्बन हुने विकल्प छ। त्यस्तै सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ। अनलाइनले क्षमायाचनासहित भूलसुधार गरेमा उसलाई तोकिएको ५ हजार रुपैयाँ जरिवाना…

Read More

काठमाडौँ: काठमाडौँ जिल्ला अदालतका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको छ। आइतबार एक सूचना जारी गर्दै अदालतले वर्षाका कारण अदालतको दोस्रो भवनमा रहेको इजलास तथा मुद्दा फाँटका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको जनाएको हो। अदालतले आइतबार सजाय निर्धारण पेशी तथा हेर्दा हेर्दैमा रहेका थुनछेकहरूको मात्र सुनुवाइ हुने जनाएको छ।

Read More

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव विनय शाहले पार्टी तथा पार्टीका जनसंठनमा गुटबन्दी निर्मुल पार्नुपर्ने बताएका छन्। कैलालीको टीकापुरस्थित सिटी हलमा जारी राष्ट्रिय युवा संघ नेपालको १० औं जिल्ला अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। कालो टोपीमा सचिव विनय शाह, साथमा अन्य सहभागी नेताहरु उनले पार्टी निर्माणका लागि पार्टी र पार्टीका संगठनमा हुने गुटबन्दीलाई निस्तेज गर्नुपर्ने बताउँदै त्यसको अगुवाइ पार्टीकै मूल नेतृत्वले गर्नुपर्ने जनाए। पछिल्लोसमय पार्टीका विभिन्न तहमा र संगठनहरुमा गुटबन्दीको विकास गर्ने प्रयत्न भैरहेको उनको दाबी छ। यहीँ विषयलाई लिएर एमालेका युवा नेतासमेत रहेका शाहले पार्टीका कुनै पनि नेताले गुटबन्दी गर्ने कार्य गरेमा आफूहरु प्रतिकारमा…

Read More

धनगढी: कैलालीमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सुरु भएको छ। जिल्लाको टीकापुरस्थित सिटी हलमा १० औं जिल्ला अधिवेशनको खुलासत्र सुरु भएको हो। नेकपा एमाले नेता, पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आथित्यतामा अधिवेशन सुरु भएको हो। नयाँ नेतृत्व चयन गर्नका लागि गरिएको अधिवेशनमा अध्यक्षका लागि मात्रै ५ जना भन्दा बढीले इच्छा व्यक्त गरेको बताइएको छ। स्रोतका अनुसार अध्यक्षका लागि हेमन्त साउदछत्र बुढा, अनन्त बोहरा, बिरेन्द्र बिष्ट र दिनेश कुमाल लगायतले इच्छा व्यक्त गरेका छन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारकी राज्यमन्त्रीलाई शोक परेको छ। भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई शोक परेको हो। हिजो शनिबार राति उनका ससुराको निधन भएको हो। कैलालीस्थित गेटा बस्दै आएका ८७ वर्षीया गोरे साउदको हिजो निधन भएको बताइएको छ। मृतक साउदको आज गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

Read More

धनगढीः कैलालीको अत्तरियामा रहेको पदमा अस्पतालले मनपरी शुल्क लिएको आरोप लागेको छ। अस्पतालले प्रोसिडर चार्जका नाममा मनपरी शुल्क लिने गरेको गुनासो गरिएको हो। नर्सिङ चार्ज र डाक्टरको राउन्ड चार्ज लिएर पनि पद्मा अस्पतालले बिरामीबाट प्रोसिडर चार्ज भन्दै अतिरिक्त रकम लिने गरेको पाइएको हो। अस्पतालहरुले कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने अवस्थामा प्रोसिडर चार्ज लिने गरेका छन् तर पद्यमा अस्पतालले भने बिरामीको शल्यक्रिया नगरेरै उक्त शुल्क लिने गरेको गुनासो गरिएको छ। एक दिन अस्पताल भर्ना भएर थप उपचारका लागि भारत गए पनि पद्यमा अस्पतालले प्रोसिडर चार्ज भन्दै १० हजार रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको छ। मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका गोदावरी नगरपालिका–१ बिजौराका…

Read More

धनगढी: खराब मौसमका कारण शनिबार दिनभर आन्तरिक उडान प्रभावित थियो । साँझ भने काठमाडौंको मौसम खुल्यो। बुद्ध एयरको २ः३५ को धनगढी–काठमाडौँ उडान साँझ ५ः५१ मा मात्र भयो। बुद्ध एयरले त्यसपछि हुने अन्तिम उडानका यात्रुलाई पनि सोही विमानमा लग्यो। तर, मौसम खुलेपछि काठमडौँबाट यात्रु लिएर बुद्धको विमान फेरि धनगढी आइपुगेको थियो। त्यसपछि साँझ ७ बजेर २७ मिनेटमा धनगढीबाट उडेको बुद्ध एयरको अन्तिम विमानमा एकजना मात्र यात्रु सवार थिए। सोही विमानमा अघिल्लो उडानमा जान नपाएका ती यात्रु एक्लै धनगढीबाट काठमाडौँ उडेका थिए। ६ बजेपछि मौसम खुलेकाले काठमाडौँ–धनगढी उडान सम्भव भएको र अघिल्लो फ्लाइटमा छुटेका ती यात्रुलाई साँझको फ्लाइटमा पठाइएको बुद्ध एयर धनगढीले…

Read More

काठमाडौंः पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो। सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए।

Read More