Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: युवाहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई खेलकुद पोसाक(जर्सी) सहयोग गरेका छन् । प्रहरी दिवसमा हुने खेलकुदका लागि युवाहरुको समूहले २१ थान जर्सी सहयोग गरेका हुन् । २१ मध्ये ६ सेट शिशिर फेन्सी स्टोर, ५ सेट भूमिराज डिजिटल हब र ५/५ सेट सामाजिक अभियन्ता सुरत तमोली तथा सन्तोष ऐरले दिएका थिए ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानरपालिका–१० गणपती ईटाभट्टा नजिकबाट ९४० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका १७ वर्षीय किशोर बिहीवार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

Read More

काठमाडौं : बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । गएराति बझाङ र बागलुङमा भूकम्प गएको हो । बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलबार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो ।

Read More

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । नगरपालिकाका हाकिम भानुभक्त भट्टको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई सरुवा गरेपछि बिहीवार एक कार्यक्रमका बीच बिदाई गरिएको नगर प्रमुख दिपकबहादुर बमले जानकारी दिए । भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख ८ गते पुर्चौडी सरुवा गरेको थियो । रक्षा मन्त्रालयमा कार्यरत भट्ट सरुवा पछि बैशाख २० बाट पुर्चौडी नगरपालिकामा हाजिर भएका थिए । प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि नगरपालिकामा आर्थिक कारोबार लगायतका अन्य कामकारबाही गर्न समस्या भएको छ।

Read More

बझाङ : असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि त्यो क्षेत्रमा केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुर, मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर एक साताको अवधिमा मात्र ५१३ पटक भूकम्पका पराकम्पन गएका बताइएको छ । भुकम्पबिद लोकमणी अधिकारीले झण्डै ५ सय वर्षयता पश्चिम नेपालमा भूकम्प नगएको र ठुलो शक्ति सञ्चित भएर बसेका भूकम्पसम्बन्धी विभिन्न अध्ययनले देखाएकाले भूकम्प जत्तिखेर पनि आउनसक्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताए । सामान्यतया दुई–तीन महिनासम्म भूकम्पका पराकम्पन नरोकिने र ठुलो भूकम्पको समेत जोखिम रहेकाले यसको सबैभन्दा…

Read More

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले डडेल्धुराको अमरगढी किल्लाको संरक्षण तथा प्रवद्र्धनमा बजेट अभाव नहुने बताएकी छिन् । बिहीबार किल्ला भित्रै आयोजना गरिएको बृहत छलफल कार्यक्रममा बोल्दै उनले किल्लाको विकासका लागि आफू सधै लाग्ने बताएकी हुन् । उनले अमरगढी किल्लालाई डडेल्धुराको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकजुुट भएर लाग्न आवश्यक रहेको औल्याइन् ।  ‘यहाँका बुद्धिजिवी, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज सबैले किल्ला हाम्रो भनेर एकजुुट हुन जरुरी छ’ उनले भनिन्, ‘प्रदेशको पहिलो सभामा मैले अमरगढी किल्लाको संरक्षण र प्रवद्र्धनका लागि आग्रह गरेकी छु ।’ यस्तै अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले किल्लाको संरक्षणका लागि बजेट माग…

Read More

काठमाडौँ । गत शनिबार इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरी पनि नेपाल फर्किएका छन् । उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् । खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएमने थियो । उनले घटनामा बाँचेर फर्किएको बताए । आक्रमणमा परित घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । मृतको पनि शव ल्याउने प्रक्रिया जारी रहेको बताइएको छ ।

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए ।  उनले सामाजिक सञ्जालमा देखेका छन्– भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ । परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु।  अर्को भेट नभए सम्म सबैलाई धन्यवाद।

Read More

काठमाडौँ : हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

Read More

काठमाडौं : नेपाल प्रहरीको पेट्रोल पम्पमा भएको घोटालामा दोषी ठहर भएका सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई जरिवाना र कैद दुबै सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले बिहीबार उनको सजाय निर्धारण गरेको हो। कार्कीलाई ६ वर्षको कैदका साथै ६० लाख ७५ हजार २८८ रूपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। यसअघि असोज १५ गते सोही इजलासले घोटाला आरोप लागेका असइ कार्कीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजको लागि पेसी तोकेको थियो । कार्कीमाथि प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६…

Read More