दार्चुला: दार्चुलामा नगदसहित सात जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। गएराति महाकाली नगरपालिका वडा नम्बर ५गल्फै स्थित केशबदत्त भट्टको घरबाट जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा जिल्ला दार्चुला महाकाली नगरपालिका–५ बस्ने घरबेटी केशव दत्त भट्ट, महाकाली नगरपालिका वडा ५ बस्ने रतनसिंह खाती, महाकाली नगरपालिका वडा ५ मै बस्ने कमलसिंह ठगुन्ना, खिमानन्द भट्ट, अम्बादत्त भट्ट, जीवन भट्ट र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा ९ बस्ने जनकराज जोशी रहेका छन्।
उनीहरुको साथबाट ४३ हजार ३ सय रुपैयाँसहित तास बरामद गरेको प्रहरी निरीक्षक एवम सूचना अधिकारी सिंहले बताए। प्रक्राउ परेका सातै जनाविरुद्ध मुद्धादर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box