Author: महेन्द्रनगर पोष्ट

बाजुराः बाजुरामा भाइरल ज्वरोको प्रकोपले दुई जनाको ज्यान गएको छ। जिल्लाको खप्तडछेडेदह गाउँपालिका–२ माँटेसागुमा भाइरल ज्वरो कारणले दुई जनाको ज्यान गएको हो। भाइरल ज्वरोले गाउँ नै प्रभावित भएको र दुई जनाको मृत्यु भएको स्थानीय दिर्घबहादुर शाहीले जानकारी दिए। मृत्यु हुनेमा ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेका छन्। बुढाको चार दिन पहिला र शाहीको आइतवार राति मृत्यु भएको हो। गाउँमा रहेका १ सय ६० बढी परिवारको सबै घरमा बिरामी परेका छन्। भाइरल ज्वरोले पूरै गाउँनै प्रभावित रहेको स्थानीय गणेश बहादुर शाहीले वताए। गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख…

Read More

धनगढी: बझाङमा हत्या आरोपमा बिजुली मण्डेल पक्राउ परेका छन्। अस्ति शुक्रबार जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको हत्या गरेको आरोपमा बिजुली पक्राउ परेका हुन्। शुक्रबार हत्या गरि फरार भएका मृतकका भाइसमेत पर्ने बिजुली मण्डेल आज (सोमबार) ३ दिनपछि पक्राउ परेका हुन्। मण्डेललाई आज बिहान घट्टे गाउँमाथिको कडेल टावर भएको जंगल नजिकैको घरबाट पक्राउ गरिएको हो। प्रहरीको र स्थानीयको संयुक्त टोलीले बिजुलीलाई घेरा हालेर समातेको हो। ३ दिनदेखि प्रहरी टोलीले उनलाई जंगलमा खोजिरहेको थियो। उनको फोन लोकेसन जंगलमा ट्रेस भएपछि उनी जंगलमै लुकेको आशंकामा प्रहरीले खोजी थालेको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले अहिले उनलाई सदरमुकाम ल्याउन…

Read More

धनगढीः बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन्। हिंडडुल गर्न नसक्ने २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले जानकारी दिए। उनका अनुसार जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा आइतबार ती बालकलाई समातिएको हो। प्रहरीका अनुसार ती महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि नाबालक फरार भएका थिए। करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार बीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले आइतबार साँझ ६ः३० बजे बालुवाटार क्षेत्रको एक पुरानो घरमा लुकेको अवस्थामा फेला पारी पक्राउ गरेको…

Read More

बैतडी : नेपाल –भारत सीमा नाका झुलाघाटस्थित झोलुंगे पुल आज बन्द हुने भएको छ। भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमा नाकामा आवागमन बन्द गरिएको हो। भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि पुलमा आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। यसअघि पुल मर्मतका बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सहमति भएको थियो। सीमाक्षेत्रमा नेपाल –भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने बिषयमा समेत छलफल भएको थियो। झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पु

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले जग्गा कटान गर्न थालेपछि विस्थापनामा पर्न थालेका छन्। पाँच परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनामा परेका छन्। कमैया मुक्तिको घोषणापश्चात् विसं २०५८ मा यस क्षेत्रमा २५ बढी परिवारलाई जग्गासहित पुनः स्थापना गरिएको थियो। पुनः स्थापना गरिएका पाँच परिवारको जग्गा नदीले बगाएर बगरमा परिणत गरेपछि ती परिवार बस्ती छाडेर बासस्थानको खोजीमा अन्यत्र गइसकेका छन्। बस्तीमा रहेका छ परिवार विस्थापनाको सँघारमा पुगेका छन्। नदीको बाढीले बगाउने डरले घरभित्रको सरसामान छिमेकीको घरमा राख्दै आएको फालुराम चौधरीले बताए। ‘नदीले जग्गा कटान गरी घर नजिकै भएर बग्न थालेको छ’, उनले भने,…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता सुरु भएको हो। यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपुलमा स्वागत गरेका थिए। ग्रेट हल अफ दि पिपलमा प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको छ। दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले सोमबार बिहान गार्ड अफ अनर प्रदान गरेको हो।  उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ।  भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता छ। भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा…

Read More

काठमाडौं: सरकारले होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको छ। होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न विज्ञापन बोर्डले सूचना जारी गरेको छ। विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) अनुसार विदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ ।

Read More

दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा बैतडी घर भएका जनकराज (जेआर) भट्ट प्रथम भएका छन्। गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम भएका हुन्। टिकटक प्रतियोगितामा रञ्जना लोथ्याल द्धितिय भएका छन् भने अन्य ५ जनाले सान्त्वना स्थानमा चित्त बुझाउनु परेको छ । सान्त्वना स्थान प्राप्त गर्नेमा लखन बोहरा, रविना ठेकरे, रामा बोहरा, पशुपति कार्की र नयाँ नेपाल एफएममा कार्यरत पत्रकार उद्धवसिंह धामी रहेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई १० हजार द्धितिय हुनेलाई ७ हजार र सान्त्वना स्थान हात पारेका ५ जनालाई ३ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार तथा प्रमाणपत्र सहित प्रदान…

Read More

बझाङ: बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।  छबिसपाथिभेरा गाउँपालिका बस्ने एक अपाङ्गता भएकी महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका सोही ठाउँका एक नाबालकलाई पक्राउ गरिएको हो।  जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले साँझ ६:३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ। बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन्। गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन्। अस्पतालका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको छ। यता निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन्। जसका कारण आवातजावातमा समस्या भएको छ। अहिले उपमहानगरले जमेको पानी निकास गर्न डोजर प्रयोग गरिरहेको छ।

Read More