Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालयले कर्मचारी हेरफेर गरेको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी हेरफेर गरेको हो। आर्थिक मामिला मन्त्रालयले नेपाल प्रशासन सेवा, लेखा समूह, सहायक पाँचौ, अधिकृत छैटौं तहका १६ वटा कर्मचारी हेरफेर गरेको छ भने सामाजिक विकास मन्त्रालयले २९ जना कर्मचारीको सरुवा गरेको छ। यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको भदौ २७ गतेको निर्णयअनुसार २२ जना कर्मचारीको सरुवा गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयलले भदौ २९ गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ पाचौं/छैटौं तहका १८ कर्मचारीको सरुवा गरेको छ।

Read More

धनगढी: कञ्चनपुरस्थित नेपाल-भारत सीमानाका क्षेत्रमा अवैध चामल फेला परेको छ। आज (आइतबार) प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका-६ मा उक्त चामल फेला पारेर बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र त्यहाँको स्थानीय प्रहरी टोलीले ६० बोरा अवैध चामल फेला पारेको र बरामद गरिएको जनाएको छ। भारतबाट नेपालतर्फ आउने बाटोमा बेवारिसे अवस्थामा चामल भेटिएको थियो। अहिले प्रहरीले सो चामललाई भन्सार पठाउने तयारी गरिरहेको छ।

Read More

कञ्चनपुर: प्रतिबन्धित लागुऔषधीसहित कञ्चनपुरमा एकजना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका– ११ गड्डाचौकीबाट लागुऔषधसहित उनी पक्राउ परेका हुन्। गड्डाचौकीबाट १ एमपुल डाइजेफाम, २२ एम्पुल फेनारगन र १० एम्पुल रेक्सोजेसिकसहित बेदकोट नगरपालिका–७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिबार राति पक्राउ परेका प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा भट्टको साथबाट उक्त लागुऔषधी फेला परेको बताइएको छ।

Read More

काठमाडौं: नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ। गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामी कुरुवाले कुटपिट गरेका थिए। घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो। संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो। सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट बन्चित भएका छन्।

Read More

जयपुर: भारतको जयपुरमा एक सुटकेसमा एक नेपाली महिलाको फेला गरेको छ। बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिला अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ। चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए। प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै जना पश्चिम बङ्गालका हुन्। स्वपन वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ। स्वपनले नै महिलालाई ४…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै छ।अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका थारु समुदायले मनाउँदै आइरहेका छन्। विशेषगरी कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा यो पर्वको उल्लास बढेको छ। यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ। आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो। अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् पूर्णिमामा पर्दछ। पहिलो दिन दर खाने र दोस्रो आधा दिनसम्म व्रत बस्ने गरिन्छ। अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्। ‘भेंवा’ को नामले थारु जातिले पुकारेर…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका २ त्रिनगर ब्यारेलबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पदम बिष्ट पक्राउ परेका हुन्। शुक्लाफाँटा नगरपालिका १ बस्ने २४ वर्षीय पदम बिष्टलाइ स्पास नामक १५५ पिस र अल्पाजोलम २० पिस ट्याब्लेटसहित प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बिष्टको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

काठमाडौं: नेपालको शान बढाउदै बझाङको बित्थडचिर गाउँपालिकाका रविन्द्र ढाँटले रुसका तोरेप्च्ची डोंगाकलाई हराएका छन्। मिक्स मार्सल आर्ट्समा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै उनले वन फ्राइडे फाइट्समा जित हासिल गरेका छन्। शुक्रबार थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराएका हुन्। रविन्द्रले इतिहास रचेका छन्। उनी वन च्याम्पियनसिपको फ्राइडे फाइट्समा जित हासिल गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्। गत महिना नेपालमै सम्पन्न नेपाल वारियर्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएका रविन्द्रले वन च्याम्पियनसिप खेल्ने दुर्लभ अवसर पाएका थिए। थाइल्याण्डमा ऐतिहासिक जित दर्ता गरेसँगै उनलाई अब वन च्याम्पियनसिपमा…

Read More

बैतडीः  बैतडीमा जीप र मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्। जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका–८ ज्यापुमा जीप र मोटरसाइकल एक-आपसमा ठोक्किंदा  मोटरसाइकल चालक घाइते भएका छन्। बझाङबाट धनगढी आउँदै गरेको से १ ज ९७९ नम्बरको जीप र धनगढीबाट बझाङतर्फ गइरहेको से ७ प ६२८५नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएका हुन्। उक्त दुर्घटनामा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–५ का मदन बिष्ट घाइते भएका छन्। उनको डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ।

Read More

ताप्लेजुङ: जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ । शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा यही भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका…

Read More