Author: Dipak Dhamala

धनगढी – धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल फुर्सदिला देखिएका छन्। विवाह र ब्रतवन्धको सिजन सुरु भएयता नगरप्रमुख हमाल फुर्सदिला बनेका हुन्। उपमहानगर स्रोतका अनुसार उनी अचेल कार्यालयमा भन्दा बढी विवाह र ब्रतवन्धतिर व्यस्त हुने गरेका छन्। सोही अनुसार हिजो (बिहीवार) मात्रै उनले धनगढीका विभिन्न स्थानमा ४ वटा ब्रतबन्ध र २ बिहे एटेण्ड गरेको जनाएका छन्। उनले आफ्नो सामाजिक संजालमार्फत यस्तो जनाएका हुन्। नगरप्रमुख हमालले नागरिकको सेवा तथा अन्य नगरका महत्त्वपूर्ण विषयमा केन्द्रीत हुनुपर्नेमा अन्यत्र व्यस्त हुन थालेपछि सेवाग्राहीले उनिप्रति गुनासो पोख्न थालेका छन्।

Read More

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुने भएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको थियो । गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा शुक्रबार नै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका थिए । अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई लगाइएको…

Read More

काठमाण्डाै – आज बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले यी प्रदेशमा आज बादल लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यी तीन प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना छैन । अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान छ । उच्च पहाडी र हिमाली जिल्लामा भइरहेको हिमपात पनि रोकिएको छ । तराईका जिल्लामा अहिले बिहान हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने अनुमान छ ।

Read More

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अर्थात् उच्च खेल भावना अवार्ड प्राप्त गरेका छन् । आईसीसीले आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरेको जनाएको छ । गएको वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाले आसिफले यो अवार्ड जितेका हुन् । आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा मैदानमा लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् । यो खेलमा देखिएको उच्च खेल भावनाको यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा भएको थियो ।

Read More

चिनियाँ एक इञ्जीनियरलाई अमेरिकामा आठ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका पुगेका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानबिनपछि सजाय सुनाइएको हो । ती आठै जनाले चीन वा ताइवानबाट अमेरिका गएर पछि अमेरिकाको अङ्गीकृत नागरिकता लिएका थिए । जीले चीनको एउटा गुप्तचर निकायको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको दाबी छ । उनी सन् २०१८ को सेप्टेम्बरमा पक्राउ परेका थिए । ३१ वर्षका जीलाई सिकागोमा दुई हप्ता लामो सुनुवाइपछि गैरकानुनी रूपमा विदेशी सरकारको एजेन्टको रूपमा काम गरेको र झुटो बयान…

Read More

काठमाडौं – सर्वाेच्च अदालतले होटल–रेष्टुरेन्ट तथा अन्य सेवा प्रदायकले दिने गरेको ‘सर्भिस चार्ज’ लाई अमान्य भन्दै खारेज गरिदिएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तासँग लिइँदै आएको सेवा शुल्क खारेजीको माग गर्दै २०७४ सालमा सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । महर्जनले दायर गरेका रिटमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमाहेन भट्टराई र न्यायाधीश अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सर्भिस चार्ज लिन नपाउने फैसला गरेको हो । सर्वाेच्चले सामूहिक सौदाबाजीमा ग्राहक वा उपभोक्तासँग सर्भिस चार्ज लिई बाँडफाँट गर्ने श्रम ऐन, २०७४ को दफा ८७ को उपदफा ३ तथा श्रम नियमावली, २०७५ को…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने  सचिव देवेन्द्र पौडेलले बताए ।  हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।  प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।  आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।

Read More

काठमाडाैं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा कार्यक्रममा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथिगृह भवनको उद्घाटन कार्यक्रममा आज उहाँले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकासप्राप्त प्रहरी कर्मचारीका सन्ततिहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक सिंहले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न…

Read More

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड हटाएको छ । महानगरले नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाएका होर्डिङ बोर्ड हटाएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरीसहित चार टोली खटाएको छ । विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी जानकारी दिनुभयो । उहाँका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र त्यसअनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो । महानगरले आर्थिक…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बतउनुभयो । उहाँले आफूलाई अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताउनुभयो । उहाँले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले…

Read More